
उदयपुरमा टिपरको ठक्करबाट मोटरसाइलक चालकको मृत्यु भएको छ । शुक्रबार मदन भण्डारी लोकमार्गको कटारी नगरपालिका–४ को ककुर खोलाखण्डमा मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु भएको हो ।
मृत्यु हुनेमा मोरङको धनपालथान गाउँपालिका– ७ का २१ वर्षीय सुधीरकुमार मण्डल छन् । ठक्करबाट गम्भीर घाइते भएका मण्डलको कटारी अस्पतालमा उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक राकेशकुमार पोदारले जानकारी दिए ।
उनका अनुसार खानीतर्फ जाँदै गरेको बा. ५ख ४६५३ नम्बरको टिपरले सोही दिशातर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०१९ प ४९१५ नम्बरको मोटरसाइकलाई ठक्कर दिएको थियो ।
मण्डलको शव पोष्टमार्टमका लागि कटारी अस्पतालमा राखिएको छ । प्रहरीले टिपरचालक कटारी नगरपालिका– ४ का २९ वर्षीय उमेश सदालाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको छ ।