मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ चैत ३ शुक्रबार १५:३४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

‘संसद् बैठकअघि कांग्रेस सत्तापक्ष बन्छ र विश्वासको मत दिन्छ’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ चैत ३ शुक्रबार १५:३४:००

कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिनुअघि नै आफ्नो पार्टी सत्तापक्ष बन्ने बताएका छन्। 

उपराष्ट्रपतिको निर्वाचनमा भाग लिन संसद् भवन आएका महामन्त्री थापाले ५ गतेको बैठकअघि नै कांग्रेसले निर्णय गरेर विश्वासको मत दिने र सत्तापक्षमा भएको निर्णय गर्ने बताए। 

५ चैतमा प्रतिनिधिसभाको बैठक तय भएको छ। यस्तै ६ चैतमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने घोषणा गरेका छन्। 
 
विश्वासको मतका लागि कार्यसूची व्यवस्थापन गर्न अनुरोध गर्दै प्रधानमन्त्री प्रचण्डले बिहीबार संसद् सचिवालयमा पत्र पठाएका छन् । प्रधानमन्त्रीबाट विश्वासको मतका लागि पत्र आएको र कार्यसूचीको तयारी भइरहेको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले बताए । 

संविधानको धारा १०० (२) मा ७६ (२) बमोजिमको मिलिजुली सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधिसभासमक्ष प्रस्ताव राख्नुपर्ने व्यवस्था छ । विश्वासको मत सिद्ध गर्न बहुमत अर्थात् एक सय ३८ सांसद आवश्यक पर्छ । 

१० पुसमा एमाले, माओवादी, रास्वपा, राप्रपा, जनमत, जसपा, नागरिक उन्मुक्ति र तीनजना स्वतन्त्र गरी एक सय ६९ सांसदको समर्थनमा माओवादी अध्यक्ष प्रचण्डको नेतृत्वमा बनेको सरकारबाट १३ फागुनमा राप्रपा र १५ फागुनमा एमालेले समर्थन फिर्ता लिएका थिए ।

राष्ट्रपति चुनावलाई लिएर १२ फागुनमा कांग्रेससहित आठदलीय सत्तागठबन्धन बनेपछि समीकरण फेरिँदा प्रधानमन्त्री दाहालले विश्वासको मत लिन लागेका हुन्।