Skip This
उपराष्ट्रपति निर्वाचनमा अध्यक्ष ओलीले गरे मतदान
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १३:५३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

उपराष्ट्रपति निर्वाचनमा अध्यक्ष ओलीले गरे मतदान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १३:५३:oo

उपराष्ट्रपति पदका लागि मतदान जारी छ। नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा जारी मतदानमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदान गरेका छन्। 

अहिलेसम्म सात सय २३ मत खसेको छ। संघीय संसद् मतदान केन्द्रमा दुई सय ५० र प्रदेश सभा मतदान केन्द्रमा चार सय ७३ मत खसेको हो। मतदान समयावधि दिउँसो ३ बजेसम्म तोकिएको छ। 

प्रतिनिधिसभा र राष्ट्रिय सभाका गरी तीन सय ३२ तथा प्रदेश सभाका पाँच सय ५० मतदाता छन्। संघीय सांसदको मतभार ७९ र प्रदेश सांसदको ४८ मतभार कायम गरिएको छ। निर्वाचनमा कुल ५२ हजार ६ सय २८ मतभार कायम छ।

गठबन्धनबाट रामसहायप्रसाद यादव र ममता झा दुई उम्मेदवार उपराष्ट्रपतिको प्रतिस्पर्धामा छन् भने एमालेबाट अष्टलक्ष्मी शाक्य एकल उम्मेदवार छिन्।