Skip This
अलास्काको ‘विलो’ तेल परियोजना विवादित किन ?
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
एपी
Invalid date format १o:४२:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

अलास्काको ‘विलो’ तेल परियोजना विवादित किन ?

विलो परियोजना सन् २०३० सम्म जलवायु परिवर्तन तथा कार्बन उत्सर्जन आधा कम गर्ने र स्वच्छ ऊर्जातिर बढ्ने लक्ष्यभन्दा बाहिर हो

Read Time : > 2 मिनेट
एपी
नयाँ पत्रिका
Invalid date format १o:४२:oo

अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनले अलास्का राज्यस्थित एक ठूलो तेल परियोजनालाई अनुमति दिएको छ । यसलाई लिएर विभिन्न टीकाटिप्पणी हुन थालेका छन् । केही समर्थकले स्वदेशी समुदायको आर्थिक जीवनरेखा माथि उकास्ने बताइरहेका छन् भने पर्यावरणविद्ले बाइडेनको यो लक्ष्य जलवायु परिवर्तनविरोधी भएको बताउँदै आइरहेका छन् ।कोनोकोफिलिप्स अलास्काको विलो परियोजना संघीय तेल भण्डारणअन्तर्गत यो निर्णय भएको बताइएको छ । 

के हो विलो प्रोजेक्ट ? :  विलो तेल परियोजनाले दैनिक सवा लाख ब्यारेलभन्दा बढी तेल उत्पादन गर्न सक्छ । यसमा कुल उत्पादनको १.५ प्रतिशत अमेरिकाको हुन्छ । यो परियोजना सार्वजनिक जमिनमा उत्खनन गरिने सबैभन्दा ठूलो र अलास्कामा दशकौँपछिको ठूलो तेलखानी हो । अलास्का रिपब्लिकन युएस सेन ड्यान सुलिभानका अनुसार यो राज्यको इतिहासमा सर्वाधिक ठूलो र महत्वपूर्ण संसाधन विकास योजनामध्ये एक हुन सक्छ ।

ट्रान्स–अलास्का पाइपलाइनका माध्यमबाट प्रतिदिन करिब पाँच लाख ब्यारेल तेल प्रवाहित हुन्छ, जुन सन् १९८० को दशकान्तको २० लाख ब्यारेलभन्दा निकै कम हो । कोनोकोफिलिप्स अलास्काले परियोजनाको अंगका रूपमा पाँचवटा उत्खनन गर्ने क्षेत्र सुझाएको थियो । तर, अमेरिकी भूमि व्यवस्थापन विभागले व्यावहारिक विकल्प ठहर गर्दै केवल तीनओटा साइट मात्रै अनुमोदन गर्‍यो ।

भूमि व्यवस्थापन गर्ने आन्तरिक विभागले भने अन्तिम स्वीकृति परियोजनाको ड्रिल पेडलाई ४० प्रतिशतले कम गर्ने बताएको छ । विलो परियोजना रहेको राष्ट्रिय पेट्रोलियम रिजर्भ–अलास्का (एनपिआरए) भित्र भाडामा रहेको लगभग ६८ हजार एकड जमिनको अधिकार परित्याग गर्न कम्पनी सहमत छ । यो कार्यले परियोजनाको शुद्ध पानीको उपयोग र दुई अस्वीकृत उत्खनन क्षेत्रमा पूर्वाधारसँग सम्बन्धित संरचनालाई बिगार्छ । यसमा करिब १८ किलोमिटर सडक, ३२ किमि लामो पाइपलाइन र १३३ एकड ग्राभेल सडकसमेत बिग्रन्छ, जसले सम्भावित प्रभावलाई कम गर्छ ।परियोजनाको ३० वर्षे अवधिमा यसबाट निकालिएको र प्रयोग गरिएको तेलले करिब २८ करोड टन ग्रिनहाउस ग्यास उत्पादन गर्छ । यो भनेको सोही अवधिमा दुई करोड कारले संयुक्त कार्बन उत्सर्जन गरेबराबर हो । 

परियोजनाका लागि समर्थन कति ? : अलास्कामा ठूलो राजनीतिक समर्थन छ । यस्तै, उत्तरी ढलान क्षेत्रमा बहुमतीय समर्थन रहेको भ्वाइस अफ दी आर्कटिक इनुपेनट अध्यक्ष नाग्रुक हर्चारेकको भनाइ छ । उक्त ग्रुपका धेरैजसो सदस्य एवं नेता सो क्षेत्रबाट प्रतिनिधित्व गर्छन् । 

परियोजनाको ३० वर्षे अवधिमा यसबाट निकालिएको र प्रयोग गरिएको तेलले करिब २८ करोड टन ग्रिनहाउस ग्यास उत्पादन गर्छ । यो भनेको सोही अवधिमा दुई करोड कारले संयुक्त कार्बन उत्सर्जन गरेबराबर हो ।

समर्थकहरूले परियोजना सन्तुलित रहेको र यसले तिर्ने राजस्वबाट पूर्वाधार तथा सार्वजनिक सेवामा लगानी गर्दा समुदायलाई फाइदा पुग्ने बताउँदै आइरहेका छन् ।प्रस्तावित योजना नुइकसुत सहरका मेयर रोजमेरी अहतुआंगरुआकको समुदायनजिक भएकाले जरायो प्रजाति (क्यारिबु)को वासस्थान र जीवनशैलीमा पर्ने प्रभावबारे उनीहरू चिन्तित छन् । तर, त्यहाँ विरोध सर्वव्यापी छैन । स्थानीय अलास्का गाउँ निगमले यसमा समर्थन जनाएको छ । अमेरिकी प्रतिनिधि मेरी पेलटोला यो परियोजना राम्रो भएको बताउँछिन् । साथै, यसले नयाँ रोजगारी सिर्जना गर्ने उनको भनाइ छ । तर, मेयर नुइकसुत भने आवाज दबिँदै गइरहेको बताउँछिन् । 

फैसलाको राजनीति : राष्ट्रपति बाइडेनको फैसलाले अलास्काका सांसदलाई पर्यावरण समूह र कंग्रेसमा कैयौँ डेमोक्र्याट्सविरुद्ध उभ्याएको छ । उनीहरूका अनुसार विलो परियोजना सन् २०३० सम्म जलवायु परिवर्तन, कार्बन उत्सर्जन आधा कम गर्ने र स्वच्छ ऊर्जातिर बढ्ने लक्ष्यभन्दा बाहिर हो । पर्यावरणविद्का अनुसार परियोजनाको अनुमतिले बाइडेनद्वारा विश्वासघातको प्रतिनिधित्व गर्छ । उनले सन् २०२० को अभियानअन्तर्गत संघीय भूमिमा नयाँ तेल र ग्यास उत्खनन समाप्त गर्ने घोषणा गरेका थिए । 

त्यसो त बाइडेनले जलवायु परिवर्तनसँग लड्न प्राथमिकता दिएका छन् । साथै, स्वच्छ ऊर्जाजस्ता वायु र सौर्य ऊर्जा विस्तारमा वृद्धि ल्याउनुका साथै कोइला तथा ग्यासको उपयोग कम गर्न ऐतिहासिक कानुनको समर्थन गरेका छन् । तर, उनले रिपब्लिकन सांसदको आक्रोश खेप्नुपरेको छ, जसले युक्रेनमाथिको रुसी आक्रमणपछि ग्यासजन्य पदार्थको मूल्यवृद्धिमा उनलाई दोषी ठहराउँछन् ।

सन् २०२१ मा न्याय विभागका वकिलले अदालतमा ट्रम्प प्रशासनका वेला गरिएको पर्यावरण समीक्षालाई बचाउ गरे, जसले गर्दा परियोजनालाई अनुमति मिल्यो । तर, संघीय न्यायाधीशले पछि विश्लेषणमा त्रुटि भेटेको भन्दै अनुमति रद्द गरिदियो । यो फैसला देशका लागि सुखद खबर भएको बताइएको छ । 

ग्रिनहाउस ग्यास र उत्सर्जन :  पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनअन्तर्गत संघीय अधिकारीले घरेलु तेल उत्खननमा भएको वृद्धिले शुद्ध वैश्विक कार्बन उत्सर्जन कम हुने र यसले पेट्रोलियम आयातमा कमी आउने दाबी गरेका थिए । उनीहरूको तर्क थियो– अमेरिकी कम्पनीले अन्य देशको तुलनामा पर्यावरण नीतिलाई गम्भीरतापूर्वक पालना गर्छन् । 

के गर्दै छ बाइडेन प्रशासन ? :  गत आइतबार विलो परियोजनालाई अनुमति प्राप्त गर्नुभन्दा एक दिनअघि बाइडेनले ध्रुवीय महासागरमा करिब तीन करोड एकड भूमि उत्खननमा रोक लगाउने र पेट्रोलियम पदार्थ संकलनमा नयाँ सुरक्षा लागू गर्ने घोषणा गरेका थिए । ह्वाइटहाउसको एक विज्ञप्तिमा भनिएको छ, ‘ध्रुवीय क्षेत्र ह्वेल, सिल, ध्रुवीय भालु र अन्य वन्यजन्तुका लागि महत्वपूर्ण वासस्थान हो, यसलाई सधैँका लागि सुरक्षित गरिन्छ ।’

बाइडेन प्रशासनले समग्र ‘ब्युफोर्ट सी प्लानिङ एरिया’लाई संरक्षण गर्नेछ । यस्तै, प्रशासनले पेट्रोलियम संरक्षण क्षेत्रमा एक करोड ३० लाख एकड भूमि बचाउने कदम चालेको छ । उत्तरी क्षेत्रको दुई करोड ३० लाख एकड जमिन भविष्यमा आवश्यक पर्ने तेल उत्पादनका लागि एक शताब्दीअघि नै छुट्याएर राखिएको थियो । संरक्षित क्षेत्रमा तासेकपुक तलाउ, उतुकोक अपल्यान्ड, कोल्भिल नदी, कसेगलुक ल्यागुन र पियरड बेजस्ता विशेष क्षेत्र छन् । यी क्षेत्र धु्रवीय भालु, जरायो प्रजाति र हजारौँ प्रवासी पन्छीको विश्वस्तरीय बसाइका लागि चिनिन्छन् ।