मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ चैत ३ शुक्रबार १०:३६:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

ऋणको पर्खाइमा पाकिस्तान

Read Time : < 1 मिनेट
२०७९ चैत ३ शुक्रबार १०:३६:००

पाकिस्तान गम्भीर आर्थिक संकटबाट गुज्रिरहेको छ ।अमेरिकाले त्यहाँको अर्थतन्त्र सुधार गर्न अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)सँग सहकार्य जारी राख्न प्रोत्साहन गरेको छ । सहकार्य जारी राख्दा पाकिस्तानले वैश्विक ऋणदाताबाट ऋण पाउन सक्छ ।अमेरिकी विदेश विभाग प्रवक्ता नेड प्राइसले पाकिस्तानी साझेदारसँग अमेरिकाले काम गरिरहेको 
बताएका छन् । 

प्रतिस्पर्धी व्यापार र लगानी :  नेडले आइएमएफ फन्डिङ प्राप्त गर्न पाकिस्तानी समकक्षीको तर्फबाट निर्णय लिने काम भइरहेको बताएका छन् । उनले पाकिस्तानलाई आइएमएफसँग काम जारी राख्न अमेरिकाले प्रोत्साहन गरेको उल्लेख गरेका छन् । यसले पाकिस्तानी व्यापारलाई अझै प्रतिस्पर्धी बनाउने र ठूला लगानीकर्ता आकर्षित गर्नेछ । 

ऋणको किस्ता पर्खिरहेको छ पाकिस्तान : अहिले पाकिस्तान आइएमएफको ६.५ अर्ब अमेरिकी डलर ऋण सुविधा पाएको छ । त्यसको आगामी किस्ता प्राप्त गर्न छटपटाइरहेको छ ।