मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ चैत ३ शुक्रबार ०९:४४:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

पुनर्निर्माण भएका सम्पदाको विवरण पठाउन डंगोलको आग्रह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ चैत ३ शुक्रबार ०९:४४:००

काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनीता डंगोलले थापाथली–टेकु दोभानखण्डमा पुनर्निर्माण गरिएका सम्पदाको विवरण महानगरमा पठाउन अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिलाई आग्रह गरेकी छिन् । 

पुनर्निर्माण गरिएका सम्पदा हस्तान्तरण र उपयोगका विषयमा बिहीबार थापाथलीस्थित धर्मशालामा सम्पन्न साझेदारहरूको बैठकमा उनले यस्तो आग्रह गरेकी हुन् । उनले सम्पदा क्षेत्रको संरक्षण, व्यवस्थापन र प्रवर्द्धन गर्ने दायित्व महानगरको भएको बताइन् । ‘यस क्षेत्रमा सम्पदा र पुनर्निर्माणसम्बन्धी समितिमा भएका विवरण पठाइदिनोस् ।

त्यसका आधारमा सम्पदाहरूको एकीकृत संरक्षण, व्यवस्थापन र प्रवर्द्धनका विषयमा छलफल गरेर निर्णय लिन्छौँ,’ उनले भनिन् । थापाथलीदेखि टेकु दोभानसम्म एसियाली विकास बैंकको ऋण सहायताबाट तीन चरणमा नदी सुधार परियोजना सञ्चालन भइरहेको छ । परियोजनाको पहिलो चरणमा टेकु दोभानदेखि टेकु पुलसम्मका जीर्ण सम्पदा पुननिर्माण तथा मर्मत–सम्भार भएका छन् । यस चरणमा पुनर्निर्माण भएका ११ वटा सम्पदा गुठी संस्थान र निजी गुठीलाई हस्तान्तरण गरिसकिएको छ । 

शिव मन्दिर, लक्ष्मेश्वर सत्तल, पुजारी सत्तल, पुरोहित घाट सत्तल, वेस्ट सत्तल, राजभण्डारी सत्तल, मानन्धर सत्तल, कार्की सत्तल, मुन्सीघाट सत्तल, पञ्चनारीघाट सत्तल र लक्ष्मेश्वर मन्दिरको सबलीकरण गरिएको छ । यसका लागि करिब ३७ करोड रुपैयाँ लागत अनुमान गरिएको थियो ।