Skip This
कैलालीमा ८२ प्रतिशतले खाए हात्तीपाइलेविरुद्धको औषधि 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
Invalid date format १८:५५:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

कैलालीमा ८२ प्रतिशतले खाए हात्तीपाइलेविरुद्धको औषधि 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १८:५५:oo

कैलालीमा कुल जनसंख्याको करिब ८२ प्रतिशतले हात्तीपाइले रोगविरुद्धको औषधि सेवन गरेका छन्। जिल्लाभरि नौ लाख २६ हजार ८८८ जनसंख्यामध्ये करिब सात लाख ६० हजारले हात्तीपाइले रोगविरुद्धको औषधि खाएकाे जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।

हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने अभियान ११ देखि ३० फागुनसम्म जिल्लाभरि सञ्चालन भएको थियो। औषधि खान छुटेकालाई अहिले पनि खुवाउने कार्य भइरहेकाले औषधि सेवन गर्नेको संख्या बढ्ने स्वास्थ्य कार्यालयका निमित्त प्रमुख लालबहादुर धामीले बताए।

विगत नौ वर्षसम्म सञ्चालन भएका अभियानमा लक्षित नागरिकले औषधि नखाँदा रोग उन्मूलन हुन नसकेपछि कैलालीमा ११औँपटक अभियान सञ्चालन गरिएको थियो। गत वर्ष करिब ३० प्रतिशतले औषधि खाए पनि त्यसअघि नौ वर्षसम्म हरेक वर्ष सञ्चालन भएका अभियानमा औषधि खानेको संख्या ५०–६० प्रतिशत हाराहारी मात्र थियो। गत वर्ष भने करिब ८० प्रतिशतले औषधि खाएका थिए।

औषधि सेवन अभियानपछि केही ठाउँमा गरिएको सर्वेक्षणमा हात्तीपाइले रोग दुई प्रतिशतभन्दा बढी पाइएकोले कैलालीमा हात्तीपाइले उन्मूलनको घोषणा हुन सकेको थिएन। लगातार दुई वर्ष औषधि खानेको संख्या ८० प्रतिशत नाघेपछि अब रोग उन्मूलनको घोषणा हुन सक्ने सम्भावना रहेको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख धामीले बताए।

उनले निश्चित ठाउँमा सर्वेक्षण हुने र संक्रमण दर एक प्रतिशतभन्दा कम पाइएपछि जिल्लामा हात्तीपाइले उन्मूलनको घोषणा गरिने जानकारी दिए। लामखुट्टेको टोकाइबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने हात्तीपाइले रोगले मानिसलाई शारीरिक रूपमा अशक्त र अपांग बनाउँछ। एक प्रकारको मसिनो धागो आकारको जुकाजस्तै परिजीवीले गराउने यो रोग संक्रमित लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने गर्दछ। 

हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने अभियानअन्तर्गत यस वर्ष जिल्लाका सबै स्वास्थ्य संस्था, खोप केन्द्रलगायत एक सय ४२ स्थानबाट औषधि खुवाउने व्यवस्था गरिएको थियो। औषधि खान छुटेकालाई स्वास्थ्यकर्मीले घरघरमै गएर समेत खुवाएका थिए। सरकारले हात्तीपाइलेको उच्च जोखिममा रहेका कैलालीसहित देशभरका १५ जिल्लामा यस वर्ष हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने अभियान सञ्चालन गरेको थियो।