Skip This
भारतबाट अवैध कुखुरा भित्रिएको विरोधमा सडकमा कुखुरा फालेर प्रदर्शन
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
Invalid date format १८:३७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भारतबाट अवैध कुखुरा भित्रिएको विरोधमा सडकमा कुखुरा फालेर प्रदर्शन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १८:३७:oo

बाँकेका कुखुरा व्यवसायीले सडकमा कुखुरा फालेर विरोध प्रदर्शन गरेका छन्। जमुनाह नाकाबाट समेत अवैध कुखुरा भित्रिएको भन्दै कुखुरा व्यवसायीले नेपालगन्जस्थित गणेशमान चोकमा कुखुरा फालेर विरोध गरेका हुन्।

अवैध रूपमा भारतीय कुखुरा भित्रिएका कारण नेपाली कुखुराले बजार नपाएको कुखुरा व्यवसायी मोहम्मद हुसैन खाँले गुनासो गरे। ‘भारतीय कुखुराले नेपाली कुखुरा व्यवसायी धरापमा परेका कारण कुखुरा सडकमा फालेर आन्दोलन गर्न बाध्य भयौँ,’ उनले भने।

भारतीय कुखुरा नियन्त्रणका लागि बाँके प्रशासन र जिल्ला प्रहरी कार्यालयको पटक-पटक ध्यानाकर्षण गराउँदासमेत सुनुवाइ नभएको उनले बताए। ‘भारतबाट अवैध रूपमा भित्रिएको कुखुरा नेपालको भन्दा सस्तो पर्छ। सस्तो पर्ने भएकोले फ्रेस हाउसहरूले नेपालीभन्दा भारतीय कुखुरा बढी किन्छन्,’ उनले भने।

सशस्त्र र नेपाल प्रहारीको मिलेमतोमा तस्करहरूले भारतबाट ज्युँदो कुखुरा र तयारी मासु नेपाल ल्याउने गरेको व्यवसायीहरूको भनाइ छ। बाँकेको जमुनाह, डुडुवा गाउँपालिका, जानकी र नरैनापुर गाउँपालिकामा पर्ने नाकाबाट ठूलो संख्यामा भारतीय कुखुरा नेपाल भित्रिने गरेको कुखुरापालक किसानले दाबी गरेका छन्। ‘नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई मासिक रूपमा लाइन दिने कार्य नरोकिएसम्म नेपाली किसानले यसैगरी मार खेपिरहनुपर्नेछ,’ खाँले भने ।

उनका अनुसार बिहीबार गणेशमान चोकमा करिब पाँच सय कुखुरा सडकमा फालेर विरोध प्रदर्शन भएको छ। यसपछि पनि कुनै सुनुवाइ नभए सशक्त आन्दोलनमा उत्रिने व्यवसायीहरूले चेतावनी दिएका छन्।