Skip This
संखुवासभा पत्रकार महासंघलाई ३० लाखबराबरको जग्गा प्राप्त
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
नवीन गुरुङ संखुवासभा
Invalid date format १७:३४:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

संखुवासभा पत्रकार महासंघलाई ३० लाखबराबरको जग्गा प्राप्त

Read Time : > 1 मिनेट
नवीन गुरुङ, संखुवासभा
नयाँ पत्रिका
Invalid date format १७:३४:oo

नेपाल पत्रकार महासंघ संखुवासभा शाखालाई निःशुल्क रूपमा दाताबाट ३० लाख रुपैयाँबराबरको जग्गा प्राप्त भएको छ। 

महासंघको भवन निर्माण गर्नका लागि खाँदबारीका स्थानीय उद्योगी, यापारी तथा समाजसेवी कृष्णभगत प्रधानले आफ्नो स्वर्गीय पिता गोपालभगत प्रधानको स्मृतिमा ३० लाखबराबरको ९ मिटर (६३.२५ वर्ग मिटर) जग्गा दिएको हो।

बिहीबार मालपोत कार्यालय खाँदबारीमा नेपाल पत्रकार महासंघको नाममा दाता कृष्णभगत प्रधानले जग्गाको रजिस्ट्रेसन पास गरी जग्गाधनी पुर्जा हस्तान्तरण गरेको हो।

जग्गादाता कृष्णभगत प्रधान र मालपोत कार्यालय प्रमुख चेतनाथ पराजुलीले पत्रकार महासंघका अध्यक्ष इन्द्र गिरीलाई जग्गाधनीपुर्जा हस्तान्तरण गरेका थिए। दर्जनौँ संघसंस्था आबद्ध प्रधान हाल संखुवासभा उद्योग वाणिज्य संघका अध्यक्ष र सञ्चार उद्यमी रेडियो संखुवासभाका अध्यक्षसमेत हुन्। 

पत्रकार महासंघको भवन निर्माण गर्नका लागि खाँदबारी–१ स्थित टुँडिखेलको बसपार्कसँग टाँसिएको जग्गा उपलब्ध गराएको हो। बसपार्क क्षेत्रसमेत भएकाले मानिसहरूको धेरै आवतजावत भइरहने सो जग्गा स्थानीय मूल्यअनुसार प्रतिमिटर ३ देखि ४ लाख रुपैयाँमा कारोबार भइरहेको बताइएको छ। पत्रकार महासंघलाई दाताले करिब ३० लाख रुपैयाँबराबरको जग्गा हस्तान्तरण गरेको हो। 

सो जग्गामा यसै वर्षदेखि भवन निर्माण सुरु गरिने पत्रकार महासंघका अध्यक्ष इन्द्र गिरीले बताए। उनले प्रदेश सरकारबाट भवन निर्माण लागि ३० लाख रुपैयाँ विनियोजन भएको छ भने खाँदबारी नगरपालिकाबाट ७ लाख रुपैयाँ विनियोजन भइसकेकाले चालू आर्थिक वर्षभित्र सम्पन्न गर्ने गरी तत्कालै भवन निर्माण कार्य सुरु गरिने महासंघका अध्यक्ष गिरीले बताए।

‘यो वर्ष बजेटले भ्याएसम्म प्राविधिक स्टामिट तयार गरी निर्माण सुरु गरिने र आगामी वर्ष बजेट व्यवस्थापन गरी भवन सम्पन्न गर्ने योजना रहेको छ,’ अध्यक्ष गिरीले भने, ‘जग्गा व्यवस्थापन गर्नका लागि दाता, सम्पूर्ण सञ्चारकर्मी मित्रहरू, स्थानीय समाजसेवी र कार्यालय प्रमुखदेखि सम्पूर्णलाई विशेष धन्यवाद ज्ञापन गर्दछु।’

वर्षौँदेखि भाडाको घरमा बसिरहेको नेपाल पत्रकार महासंघ संखुवासभा शाखा कार्यालय अब भने आफ्नै भवनमा बस्न पाउने भएको छ। पत्रकार महासंघले भवन निर्माणका जग्गा व्यवस्थापन गर्न निकै लामो संघर्ष गर्नुपरेको थियो।
एक दशकअगाडि नै पत्रकार महासंघको भवन निर्माण गर्नका लागि खाँदबारी नगरपालिकाले जग्गा दिने भनेपनि पछि कोसी करिडोरको सडकले काटेर सानो बनाएपछि समस्या भएको थियो।

पत्रकार महासंघ संखुवासभामा हाल ४० जना सदस्यहरू छन्। जिल्लामा ९ वटा एफ.एम. रेडियो, ४ वटा साप्ताहिक पत्रिका र आधा दर्जनभन्दा बढी अनलाइन न्युज पोर्टल सञ्चालनमा छ। राष्ट्रिय सञ्चारमाध्यममा जिल्लाका अधिकांश क्रियाशील पत्रकारहरू आबद्ध छन्। उनीहरूले राष्ट्रियस्तरका टेलिभिजन, पत्रिका र अनलाइन न्युज पोर्टलहरूमा रिर्पोटिङ गर्दै आइरहेका छन्। 

‘महासंघलाई जग्गा दिन पाउँदा मनैदेखि खुसी छु : दाता प्रधान 

राज्यको चौथो अंग भनेर चिनिएको पत्रकारहरूलाई बस्ने भवन निर्माणका लागि जग्गा दिन पाउँदा मनैदेखि खुसी लागेको समाजसेवी कृष्णभगत प्रधानले बताए।

‘मेरो स्वर्गीय बुवाको स्मृतिमा पत्रकार महासंघको भवन निर्माण गर्दा मनभित्रैबाट ज्यादै खुसी छु। महासंघको भवन निर्माण गर्न मैले सक्ने र सकेको अझै पनि सहयोग गर्छु। सधैँ म महासंघको हितको लागि नै काम गर्छु।’