१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत २ बिहीबार
  • Monday, 12 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ चैत २ बिहीबार १६:५५:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

मनमोहन मेमोरियल मेडिकल कलेज र नेपालय कलेजबीच सम्झौता, उपचारमा १० प्रतिशतसम्म छुट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ चैत २ बिहीबार १६:५५:oo

मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल र कलंकीस्थित नेपालय कलेजबीच सम्झौता भएको छ। 

मनमोहन मेमोरियल अस्पतालका तर्फबाट कार्यकारी निर्देशक डा. नस्तुप्रसाद शर्मा र नेपालय कलेजका तर्फबाट प्रधानाध्यापक कृष्णप्रसाद डोटेलबीच सम्झौता-पत्रमा हस्ताक्षर भएको हो। मंगलबार राजधानीमा एक समारोहबीच सम्झौता कार्यक्रमको आयोजना भएको हो।

मनमोहन मेमोरियल मेडिकल कलेज र नेपालय कलेजबीच भएको सम्झौताअनुसार नेपालय कलेजका पदाधिकारी, सदस्य, कर्मचारी, विद्यार्थी, निजहरूका परिवारका सदस्यहरूको परिचय खुल्ने कागजात (जन्मदर्ता प्रमाणपत्र, नागरिकता, कलेजको परिचयपत्र, मतदाता परिचय-पत्र, सवारीचालक अनुमति-पत्र, राहदानी तथा कलेजको सिफारिसको आधारमा मनमोहन मेमोरियल अस्पतालबाट उपलब्ध हुने सम्पूर्ण सेवामा सर्वसुलभ र गुणस्तरीय सेवा प्रदान गर्ने जनाइएको छ।

सामान्य शय्या, ल्याब परीक्षण, एक्सरे एवं भिडियो एक्सरे, इसिजीमा १५ प्रतिशत र अन्य विशेष सेवाहरू क्याबिन, आइसियू तथा आइसियू भेन्टिलेटर, अपरेसन, इको, मेमोग्राम, इन्डोस्कोपी र फिजियोथेरापीमा समेत १० प्रतिशत छुट सेवा पाउनेछन्। 

यस्तै, ८० वर्षदेखि माथि उमेरका जेष्ठ नागरिकहरूलाई ५० प्रतिशत र ७० वर्षदेखि ७९ वर्षका जेष्ठ नागरिकलाई २५ प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ। यो सुविधा इएचएस, अक्सिजन, नेबुलाइजर ओटी, क्याबिन, आइसियू, आउट सोर्सिङ सेवामा लागू नहुने उल्लेख गरिएको छ। 

कलंकीस्थित नेपालय कलेजमा उच्च मा.वि., बिविएस, बिबिएम, बिएस्सी सिएसआइटी, बिसिए तथा एमबिएस कार्यक्रमहरू सञ्चालनमा छन्। हाल यस कलेजमा करिब १ हजार ८ सय विद्यार्थीहरू अध्ययनरत छन्।

नेपालय कलेजले मंगलबार आयोजना गरेको वार्षिक दीक्षान्त समारोह पनि आयोजना गरेको थियो। उक्त समारोहमा नेपालय कलेजमा अध्ययनरत स्नातकोत्तर तह, स्नातक तह र उच्च मावि तह उत्तीर्ण करिब एक हजार दुई सय विद्यार्थीको सहभागिता थियो।