
विस्फोटक ब्याटिङ गरिरहेका युएईका कप्तान मोहम्मद वसिम आउट भएका छन् ।
कीर्तिपुरस्थित त्रिवि खेलमैदानमा छक्काको वर्षा गरिरहेका वसिमलाई सन्दीपले पेभेलियन पठाएका हुन् । वसिमले ४९ बलमा ६३ रन बनाए । यसक्रममा उनले ६ छक्का र दुई चौका प्रहार गरे ।
ताजा अवस्थामा युएईले १७औँ ओभरमा दुई विकेट गुमाएर सय रन पूरा गरेको छ ।