
आइसिसी विश्वकप क्रिकेट लिग– २ अन्तर्गत युएईले टस जितेर नेपाललाई बलिङको निम्तो दिएको छ । बिहान साढे ९ बजे कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज अन्तिम खेल सुरु हुनेछ । युएईविरुद्धको आजको खेलमा विजयी भए नेपाल लिग– २ को शीर्ष तीनमा रहँदै जिम्बावेमा हुने ग्लोबल छनोटमा सहभागी हुन पाउनेछ ।
विश्वकप लिग– २ को १४०औँ खेल निकै रोमाञ्चक हुने सम्भावना छ । नेपालले तेस्रो स्थान हात पार्न र युएई पाँचौँ स्थानमा रहन जित अनिवार्य छ । जितले युएईको एकदिवसीय मान्यता रक्षा हुने आधार बलियो हुनेछ ।