Skip This
मलको अनुदान कटौतीविरुद्ध आन्दोलन घोषणा
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format o७:२o:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

मलको अनुदान कटौतीविरुद्ध आन्दोलन घोषणा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o७:२o:oo

सरकारले किसानलाई रासायनिक मलमा दिइँदै आएको अनुदान कटौतीविरुद्ध किसान संघ–संगठनहरूले आन्दोलन गर्ने भएका छन् । नेपाल किसान महासंघ, एमालेनिकट अखिल नेपाल किसान महासंघ र राष्ट्रिय प्रजातन्त्र पार्टीनिकट नेपाल राष्ट्रिय प्रजातान्त्रिक किसान संगठनले आन्दोलनको कार्यक्रम घोषणा गरेका हुन् ।

काठमाडौंमा पत्रकारसम्मेलन गर्दै संयुक्त संगठनले मलमा दिइँदै आएको अनुदान कटौतीको निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेका छन् । दबाबस्वरूप प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापनपत्र बुझाउनेसहितका आन्दोलनको कार्यक्रम उनीहरूले घोषणा गरेका छन् ।

३ चैतमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने, देशभरका स्थानीय तरमा संयुक्त किसान संघर्ष समिति निर्माण गरी धर्ना, जुलुस, चक्काजामलगायतका आन्दोलनका कार्यक्रम गरिने निर्णय भएको अखिल नेपाल किसान महासंघका अध्यक्ष डा. प्रेम दंगालले जानकारी दिए । उनले भने, ‘अहिले दिइँदै आएको अनुदान पनि लामो आन्दोलनपछि दिएको भन्दै यसलाई तत्काल फिर्ता नलिए सशक्त आन्दोलन गर्नेछौँ ।’

२६ फागुनमा सरकारले रासायनिक मलमा दिइँदै आएको अनुदान कटौती गर्ने निर्णय गरेको थियो । अर्थ मन्त्रालयले किसानलाई दिइँदै आएको करिब ८० प्रतिशतको अनुदानलाई घटाएर ५० प्रतिशतमा झार्न निर्देशन दिएको छ । सोही निर्देशनअनुसार पहिलो चरणमा कृषि तथा पशुपक्षी विकास मन्त्रालयले ५९ दशमलव ०४ प्रतिशत अनुदान कायम गरेको छ ।