Skip This
मलको अनुदान कटौतीविरुद्ध प्रदर्शन [तस्बिरहरू]
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत १ बुधबार
  • Tuesday, 13 May, 2025
संजित परियार काठमाडौं
२o७९ चैत १ बुधबार १३:२६:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

मलको अनुदान कटौतीविरुद्ध प्रदर्शन [तस्बिरहरू]

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडौं
नयाँ पत्रिका
२o७९ चैत १ बुधबार १३:२६:oo

सरकारले किसानलाई थप मारमा पर्ने गरी मलमा दिँदै आएको अनुदान रकममा कटौती गरेको छ। रासायनिक मलको अनुदानमा भारी कटौती गरेपछि किसानले खरिद गर्ने मलको मूल्य बढ्ने भएको हो। 

अब किसानले प्रतिकेजी १४ रुपैयाँमा पाउँदै आएको रासायनिक मल २५ रुपैयाँमा किन्नुपर्ने भएको छ। त्यस्तै, ४३ रुपैयाँ प्रतिकेजीमा पाइने डिएपीकोे मूल्य ५० रुपैयाँ र पोटासको ३१ रुपैयाँबाट बढेर ४० रुपैयाँ प्रतिकेजी पुगेको छ। 

कृषि तथा पशुपक्षी विकास मन्त्रालयले युरिया मलमा १५ दशमलव ६३ प्रतिशत, डिएपीमा ६ दशमलव ६७ प्रतिशत र पोटासमा १२ दशमलव १३ प्रतिशतले अनुदान रकम घटाएको विरोधमा काठमाडौंको माइतीघर मण्डलामा राष्ट्रिय प्रजातान्त्रिक किसान संगठनले विरोध प्रर्दशन गरेको छ।