Skip This
वीर अस्पतालमा ‘बर्न वार्ड’ सुरु हुँदै
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत १ बुधबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ चैत १ बुधबार o९:o२:oo
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

वीर अस्पतालमा ‘बर्न वार्ड’ सुरु हुँदै

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ चैत १ बुधबार o९:o२:oo

देशकै सबैभन्दा पुरानो अस्पताल वीरको नयाँ भवनमा छिट्टै बर्न वार्ड सञ्चालन हुने निर्देशक डा. सन्तोष पौडेलले बताए

वीर अस्पतालले ‘बर्न वार्ड’ सुरु गर्ने भएको छ । देशकै सबैभन्दा पुरानो अस्पताल वीरको नयाँ भवनमा छिट्टै बर्न वार्ड सञ्चालन हुने निर्देशक डा. सन्तोष पौडेलले बताए । 

सिमुलेसन ल्याबसहित अन्य सेवामा विस्तार गर्ने गरी ६ तलाको नयाँ भवनको भुइँ तलामा रेडियोलोजी सेवा, ब्लड बैंक, फार्मेसी, पहिलो तलामा कोभिड नियन्त्रण सेवा र दोस्रो तलामा सर्जिकल वार्ड र कोभिड नियन्त्रण सेवा सञ्चालनमा रहेका छन् । त्यस्तै, तेस्रो तलामा सर्जिकल वार्ड र क्याबिन, चौथो तलामा १८ शड्ढयासहितको आइसियू सेवा, एचडियू (उच्च निर्भरता एकाइ), पोस्ट अपरेटिभ वार्ड र क्याबिन रहेका छन् । पाँचौँ तलाामा शल्यक्रिया कक्ष र फार्मेसी र छैटौैँ तलामा सिमुलेसन ल्याब र कार्यालय सञ्चालनमा रहेका छन् । 

गत वर्ष चैतदेखि सञ्चालनमा आएको उक्त उच्चस्तरको सिमुलेसन ल्याब चिकित्सकको सीप विकास गर्न तथा परीक्षण गर्न वीर अस्पतालको नयाँ भवनमा सञ्चालनमा आएको छ । विश्व स्वास्थ्य संगठनको सहायतामा हरेक प्रदेशको स्वास्थ्य तालिम केन्द्रमा पनि यस्तै सिमुलेसन ल्याब बनाउने योजना रहेको छ । 

प्रादेशिकस्तरका ल्याबमा सिमुलेसन सञ्चालनका लागि वीर अस्पतालले तालिम प्रदान गर्ने हस्पिटलका प्रमुख कन्सल्टेन्ट एनेस्थेसियोलोजिस्ट प्रा.डा. रविराम श्रेष्ठले जानकारी दिए । उनले भने, ‘सिमुलेसन ल्याब एक खालको अस्पताल सेटअप नै हो । यो बिरामीलाई जाँच गर्नुभन्दा अगावै गर्ने एउटा परीक्षण विधि हो । बिरामीलाई जाँच्दा चाहिने उपकरणका सामान आवश्यकता पर्छ । चिकित्सक, नर्स पनि उही हुनेछन् । मात्र बिरामीको सट्टा डमीको विस्तारित रूप हुनेछ ।’ सिमुलेसन परीक्षणबाट धेरै हदसम्म चिकित्सकका कमजोरीलाई न्यूनीकरण गर्नमा सघाउ पु¥याउने डा. श्रेष्ठले बताए । 

उक्त ल्याबमा चिकित्सकले एउटै रोगलाई पटक–पटक परीक्षण गर्न सकिने हुँदा परीक्षणका क्रममा आफ्ना कमिकमजोरी देखाउने र उक्त डमीमा सफ्टवेयर जडान हुने हुनाले बिरामीमा पर्न जाने पीडालाई पनि महसुस गर्न सकिने हुँदा सिकाइका लािग यो विधि अति उत्तम हुने अस्पतालका सह प्रा.डा. ऋतु प्रधानले बताए । रासस