Skip This
पाकिस्तानी पूर्वप्रधानमन्त्री खानलाई गिरफ्तार गर्ने तयारी, खाननिवासबाहिर प्रहरी र समर्थकबीच झडप
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण ३० मंगलबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ फाल्गुण ३० मंगलबार २o:o९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पाकिस्तानी पूर्वप्रधानमन्त्री खानलाई गिरफ्तार गर्ने तयारी, खाननिवासबाहिर प्रहरी र समर्थकबीच झडप

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ फाल्गुण ३० मंगलबार २o:o९:oo

पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा पाकिस्तान तहरिक ए इन्साफ (पिटिआई) का अध्यक्ष इमरान खानलाई पक्राउको तयारी गरिएको छ। 

उनलाई गिरफ्तार गर्न इस्लामावाद प्रहरी लाहोरस्थित खाननिवास पुगेका छन्। तर, उनलाई पक्रन गएको प्रहरी र खानका समर्थकबीच झडप भएको छ। 

खाननिवास बाहिर जम्मा भएका हजारौँ समर्थकले खानलाई पक्राउ गरिए पाकिस्तानमा दंगा भड्किने चेतावनीसमेत दिएका छन्। 

भ्रष्टाचार र आतंकवादसम्बन्धी मुद्दामा उनलाई गिरफ्तार गर्न लागिएको इस्लामावाद प्रहरीका अधिकारीहरूले बताएका छन्। खानमाथि एक र्‍यालीलाई सम्बोधन गर्ने क्रममा महिला न्यायाधीशलाई धम्की दिएको आरोप छ। 

उनीमाथि प्रधानमन्त्री रहेका वेला राज्यका नाममा प्राप्त भएका उपहार बेचेर आर्थिक अपचलन गरेको अभियोग पनि छ। गत अप्रिलमा संसदमा विश्वासको मत नपाएका खानले सत्ताच्यूत भएपछि आमचुनावको माग गर्दै आएका थिए।

पक्राउ गर्न गएका प्रहरीलाई खानको गिरफ्तारीमा समर्थकहरूले अवरोध खडा गरेपछि प्रहरीले दर्जनौँ सेल अश्रु ग्यास प्रहार गरेको छ।