Skip This
जगदम्बा जितपुर–सिमरा गोल्डकप ९ चैतदेखि
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण ३० मंगलबार
  • Saturday, 27 July, 2024
२o७९ फाल्गुण ३० मंगलबार १५:oo:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

जगदम्बा जितपुर–सिमरा गोल्डकप ९ चैतदेखि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ फाल्गुण ३० मंगलबार १५:oo:oo

जगदम्बा स्टिलको मुख्य प्रायोजनमा जितपुर–सिमरा गोल्डकपको १३औँ संस्करण चैत ९ देखि आयोजना हुने भएको छ।

सिमरा रंगशालामा फ्लड लाइटमा आयोजना हुने प्रतियोगिताबारे आयोजक नवजनजागृति युवा क्लबले पत्रकार सम्मेलन गरी जानकारी गराएको हो।

प्रतियोगितामा पाँच ए डिभिजन क्लब र पाँच मोफसलका गरी १० टिमको सहभागिता रहनेछ। साबिक विजेता न्युरोड टिम (एनआरटी), एपिएफ फुटबल क्लब, हिमालयन शेर्पा क्लब, चर्च ब्वाइज युनाइटेड, सातदोबाटो युथ क्लब, बिएफसी चितवन, मकवानपुर ११ हेटौँडा, बागमती युवा क्लब सर्लाही, वीरगन्ज युनाइटेड क्लब र आयोजक नवजनजागृति युवा क्लबले प्रतियोगिता खेल्नेछन्। 

प्रतियोगिताको विजेताले १० लाख तथा उपविजेताले पाँच लाख रुपैयाँ प्राप्त गर्नेछन्। सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल प्राप्त गर्नेछन्। यस्तै, विधागततर्फ उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले २० हजार प्राप्त गर्नेछन्। प्रत्येक खेलका म्यान अफ दी म्याचले १० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ। 
 
पत्रकार सम्मेलनमा मुख्य प्रायोजक जगदम्बा स्टिलका तर्फबाट कृष्णदत भट्ट र क्लबका अध्यक्ष रामचन्द्र लामाले प्रायोजन सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए। 

अघिल्लो संस्करणबाट मुख्य प्रायोजकका रूपमा आएको जगदम्बा स्टिलले यस वर्षका लागि सम्झौता नवीकरण गरेको हो। प्रतियोगिताको व्यवस्थापनमा जितपुर–सिमरा उपमहानगरपालिकाले मुख्य आर्थिक सहयोग प्रदान गर्ने क्लबका अध्यक्ष रामचन्द्र लामाले जानकारी दिए।

चैत १८ सम्म चल्ने प्रतियोगिताको आवश्यक तयारी तथा रंगशालामा फिल्ड व्यवस्थापनको काम सम्पन्न भएको आयोजक नवजनजागृति युवा क्लबले जनाएको छ। 

सूर्य नेपाल प्रालिको मुख्य सहयोगमा रंगशालामा फ्लड लाइटको क्षमता वृद्धि गरिएको क्लबले जनाएको छ। यस वर्ष १० हजार दर्शक क्षमताको प्याराफिटसमेत तयार भएको छ।