Skip This
चीनले हटायाे यात्रा प्रतिबन्ध, बुधबारदेखि भिसा जारी गरिने
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
Invalid date format १४:१९:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

चीनले हटायाे यात्रा प्रतिबन्ध, बुधबारदेखि भिसा जारी गरिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १४:१९:oo

चीनले कोभिड– १९ महामारी फैलिएपछि विदेशीमाथि लगाइएको यात्रा प्रतिबन्ध हटाएको छ। भोलि बुधबारदेखि विदेशीहरूलाई भिसा जारी गरिने विदेश मन्त्रालयले बताएको छ।

महामारी नियन्त्रण गर्न सरकारले केही महिना अघिसम्म कठोर ‘शून्य कोभिड रणनीति’ अवलम्बन गरेको थियो। सरकारको पछिल्लो निर्णयले बाहिरी संसारका निम्ति चीन पुनः खुलेको छ। 

चिनियाँ विदेश मन्त्रालयको कन्सुलर अफेयर्स ब्युरोसँग सम्बद्ध सामाजिक सञ्जालमार्फत जारी गरिएको सूचनाअनुसार नयाँ भिसा आवेदनको समीक्षा र स्वीकृतिका साथै  मार्च २८, २०२० अघि जारी गरिएका, तर म्याद नगुज्रिएका भिसावाहकले पुनः चीनमा प्रवेश गर्न पाउनेछन्। 

यस्तै सूचना संयुक्त राज्य अमेरिका र फ्रान्समा रहेका चिनियाँ दूतावाससहित विश्वका धेरै देशमा रहेका चिनियाँ कूटनीतिक नियोग जारी गरेका छन्। सरकारले जारी गरेको भिसासम्बन्धी अद्यावधिक नीतिले पानीजहाजबाट सांघाई आउनेहरूका साथै हङकङ, मकाउ र आसियान क्षेत्रीय समूहभित्रका देशका निश्चित पर्यटक समूहहरूका लागि विनाभिसा यात्राको अनुमति दिएको छ। 

राष्ट्रसंघीय विश्व पर्यटन संगठनका अनुसार महामारी प्रारम्भ हुनुअघि अर्थात् सन् २०१९ मा ६ करोड ५७ लाख अन्तर्राष्ट्रिय पर्यटकले चीन भ्रमण गरेका थिए। विश्वका अधिकांश मुलुकले आफ्नो अर्थतन्त्रलाई गतिशील तुल्याउने उद्देश्यले महामारीका कारण बन्द गरिएको यात्रा अनुमति पुनः खुला गरेपछि  चीनले पनि गत वर्षको उत्तरार्द्धमा यात्रा अनुमति दिएको हो।  

बन्दाबन्दीको अवस्थामा महिनौँ घरभित्रै छटपटिएका चिनियाँले शून्य कोभिड रणनीतिको विरोधमा देशका विभिन्न भागमा प्रदर्शन गरेका थिए। महामारी नियन्त्रणका नाममा आफ्नो राजनीतिक एवं वैयक्तिक स्वतन्त्रता हनन भएको प्रदर्शनकारीको तर्क थियो।