१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण ३० मंगलबार
  • Monday, 24 June, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७९ फाल्गुण ३० मंगलबार ११:२२:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

स्वस्थ सहर शिखर सम्मेलनमा भाग लिन मेयर साह बेलायत प्रस्थान 

गैरसंक्रामक रोग र जटिल चोटपटकको विश्वव्यापी बोझसँग लड्ने विषयमा सम्मेलन केन्द्रित

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ फाल्गुण ३० मंगलबार ११:२२:oo

काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) स्वस्थ सहर शिखर सम्मेलनमा भाग लिन बेलायत प्रस्थान गरेका छन् । उनी चैत ५ गते स्वदेश फर्किनेछन् । यस अवधिका लागि उपप्रमुख सुनिता डंगोललाई कार्यवाहक प्रमुखको जिम्मेवारी दिएका छन् । 

प्रस्थानका क्रममा त्रिभुवन विमानस्थलको विशिष्ट कक्षबाट उनलाई महानगरका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले बिदाइ गरे ।   मंगलबार बिहान २ बजेको उडानबाट सम्मेलनमा गएका प्रमुख साहसँग स्वास्थ्य सल्लाहकार डा. जगदीश अग्रवाल, वडा नम्बर २४ का  अध्यक्ष विनोद राजभण्डारी र स्वकीय सचिव भूपदेव साह छन्। आजदेखि चैत २ गतेसम्म हेल्दी सिटिज समिट इन लन्डन शिखर सम्मेलन हुँदै छ । सम्मेलनमा भाग लिन मेयरसँगै साझेदार सहरबाट प्राविधिक सत्रमा सामेल हुन निमन्त्रणा गरिएको थियो । 

ब्लुमबर्ग फिलान्थ्रोपिज र विश्व स्वास्थ्य संगठन आयोजक रहेको सम्मेलनको सहआयोजकमा लन्डनको मेयर छन् । शिखर सम्मेलनले मेयर र सहरका प्राविधिक कर्मचारीहरूलाई गैरसंक्रामक (नसर्ने खालका रोग) र चोटपटकका कारण मानव स्वास्थ्यमा सिर्जना भएको विश्वव्यापी बोझसँग कसरी लड्ने भन्ने विषयमा छलफल हुनेछ । सम्मेलनबाट आएकाे निचोडले स्वस्थ  सहर निर्माण गर्न अग्रणी रणनीति प्रदान गर्नेछ । 

विश्वमा सहरीकरण तीव्र गतिमा फैलिएको छ । अस्वस्थ  सहरी आचरण र दुर्घटनाहरू बढ्दै जाँदा, सहरी केन्द्रहरूमा बस्ने मानिस नसर्ने रोगका कारण मृत्युवरण गरिरहेका छन् । हृदय रोग, स्ट्रोक, क्यान्सर, मधुमेह, पुरानो श्वासप्रश्वासका रोगहरू मानव मृत्युको कारण बनेका छन् । विश्वव्यापी रूपमा हेर्दा सबै मृत्युमध्ये ८० प्रतिशत मृत्यु चोटका कारण भइरहेको छ । 

सहरहरूमा बसोवास गर्ने मानिस नसर्ने रोगबाट आफूलाई बचाउन कमजोर हुँदै गएका छन् । यसवेला जीवन बचाउने र स्वस्थ सहर निर्माण गर्ने विषयमा साझा रणनीति चाहिएको छ । शिखर सम्मेलनले स्वस्थ र जीवन्त सहरहरू निर्माण गर्ने उत्कृष्ट अभ्यासमा छलफल गर्नेछ । सम्मेलनबाट मेयर र प्राविधिकको प्रतिनिधिमूलक सञ्जाल निर्माण हुनेछ । यसमार्फत नसर्ने खालका रोग र चोटपटक कम गर्ने रणनीति र उपायका क्षेत्रमा सहकार्य हुने जनाइएकाे छ । 
 

ad
ad
ad
ad