मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ फाल्गुण ३० मंगलबार
  • Thursday, 10 July, 2025
२o७९ फाल्गुण ३० मंगलबार o६:११:oo
Read Time : > 1 मिनेट
प्रेरक प्रसंग प्रिन्ट संस्करण

प्रोत्साहनको महत्व

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ फाल्गुण ३० मंगलबार o६:११:oo

धेरै समयअघिको कुरा हो, १९औँ शताब्दीका चर्चित चित्रकार दाँते गेब्रियल रोजेटीसामु एक अधबैंसे मानिस पुगे । ती अधबैंसेका साथमा केही स्केच र चित्र थिए । उनी ती स्केच र चित्र रोजेटीलाई देखाएर त्यसबारे उनको सुझाब लिन चाहन्थे । उनी ती चित्र राम्रा छन् कि छैनन् र चित्रकारमा कुनै क्षमता छ कि छैन भनेर जान्न चाहन्थे । 

रोजेटीले ध्यानपूर्वक ती स्केच र चित्र हेरे । हेर्नासाथ उनले ती चित्र कुनै कामका छैनन् भन्ने बुझे । साथै, त्यस्ता रद्दी चित्र बनाउने व्यक्तिमा कलाकारिताको कुनै सम्भावना छैन भन्ने पनि उनलाई थाहा भयो । रोजेटी ती अधबैंसेलाई दुःखी बनाउन पनि चाहँदैनथे र झुटो तारिफ गरेर उसलाई खुसी पार्न पनि सक्दैनथे । त्यसैले, उनले बडो भद्रतापूर्वक भने– यी चित्रमा खास कुरा केही छैन । यी चित्र बेकामे छन् । ती अधबैंसेले सायद उनले पहिले नै यस्तै जवाफको अपेक्षा गरिसकेका थिए । त्यसैले, उनी त्यति धेरै निराश भइहालेनन् । 

उनले रोजेटीसँग उनको महत्वपूर्ण समय बर्बाद गरेकामा क्षमा मागे । र, उनले फेरि पनि एक विद्यार्थीले बनाएका थप केही चित्र हेरिदिन र तिनमा कुनै सम्भावना छ कि छैन भनेर सुझाब दिन उनले अनुरोध गरे । रोजेटी तत्काल त्यसका लागि तयार भए र उनी एउटा पुराना फाइलमा भएका चित्र हेर्न थाले । 

रोजेटीले खुसी प्रकट गर्दै भने– आहा ! यी चित्र त बडो सुन्दर छन् । यी विद्यार्थीमा निकै राम्रो क्षमता छ । यिनलाई सम्भव भएसम्मको प्रोत्साहन दिनुहोस् । यदि यो विद्यार्थीले लगातार यसैगरी मन लगाएर चित्र सिर्जना गर्दै गयो भने ऊ एक दिन एक महान् चित्रकार बन्ने निश्चित छ । रोजेटीको कुरा सुनेर ती अधबैंसेका आँखा आँसुले भरिए । रोजेटीले प्रश्न गरे– यी विद्यार्थी को हुन् ? तपाईंका छोरा हुन् कि ? उनले जवाफ दिए– होइन, यो म नै हुँ । ३० वर्षअघि तपाईंले झैँ मलाई कसैले प्रोत्साहित गरेको भए आज यसरी पछुताउनुको साटो म एक सुखी जिन्दगी बाँचिरहेको हुने थिएँ ।