Skip This
धनगढीमा प्रथम राष्ट्रिय फेन्सिङ प्रतियोगिता हुने
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
Invalid date format १७:३६:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

धनगढीमा प्रथम राष्ट्रिय फेन्सिङ प्रतियोगिता हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:३६:oo

धनगढीमा आगामी चैतमा फेन्सिङको राष्ट्रिय प्रतियोगिता हुने भएको छ। कैलाली जिल्ला फेन्सिङ संघको आयोजनामा २९ र ३० चैतमा धनगढी रंगशालामा प्रथम राष्ट्रिय फेन्सिङ प्रतियोगिता सञ्चालन हुनेछ। 

प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, एपिएफ क्लब तथा गण्डकी, बागमती, कोसी र सुदूरपश्चिम प्रदेशका गरी छवटा टिमको सहभागिता रहने संघका अध्यक्ष जलिन्द्र शाहीले जानकारी दिए।

६ वटा टिममा महिला र पुरुष ३५-३५ गरी ७० जना खेलाडीले सहभागिता जनाउने आयोजकले जनाएको छ। फेन्सिङअन्तर्गत इपी र सेभर विधामा खेल हुनेछन्। विधागत प्रतिस्पर्धामा प्रथम स्थान हासिल गर्नेलाई १५ हजार, द्वितीयलाई १० हजार र तृतीय स्थान हासिल गर्ने खेलाडीलाई पाँच हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने संघका अध्यक्ष शाहीले बताए।

पोखरामा हालै सम्पन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत फेन्सिङमा सुदूरपश्चिमले स्वर्ण पदक प्राप्त गरेको थियो। फेन्सिङका खेलाडीसमेत रहेका शाहीले सुदूरपश्चिमलाई स्वर्ण पदक दिलाएका थिए। यो प्रतियोगिताले सुदूरपश्चिममा फेन्सिङ खेललाई चिनाउन र खेलाडीलाई प्रोत्साहनमा मद्दत पुग्ने आयोजकको अपेक्षा छ।

सुदूरपश्चिम प्रदेश सरकारमातहतको प्रदेश खेलकुद परिषद्ले प्रतियोगिताको प्रायोजन गरेको छ। परिषद्ले मुख्यमन्त्री कप खेलकुदअन्तर्गत राष्ट्रिय फेन्सिङ प्रतियोगिता सञ्चालनका लागि पाँच लाख रुपैयाँ दिने सहमति गरेको छ। परिषद्का सदस्य सचिव दीपकबहादुर सिंहले सुदूरपश्चिमका लागि यो नयाँ खेल भएकोले प्रोत्साहन गर्न प्रायोजन गरिएको बताए।