Skip This
ठगीको आरोपमा सहकारी सञ्चालक पक्राउ
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
Invalid date format १७:o८:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

ठगीको आरोपमा सहकारी सञ्चालक पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:o८:oo

बचतकर्ताको रकम ठगी गरेको आरोपमा तुलसी बहुमुखी बहुउद्देश्य सहकारी संस्था लिमिटेड विराटनगरका तीनजना सञ्चालक पक्राउ परेका छन्। उनीहरूलाई बचतकर्ताको रू १२ करोड नौ लाख ठगीको आरोप लागेको थियो।

जिल्ला प्रहरी कार्यालय मोरङले आज यहाँ पत्रकार सम्मेलन गरी पक्राउ परेका सहकारीका उपाध्यक्ष मोरङ उर्लाबारी नगरपालिका–६ का अनिता गौतम, सचिव झापा भद्रपुर नगरपालिका–१४ का सबिना न्यौपाने र क्षेत्रीय प्रबन्धक विराटनगर–२ का मन्दीप खवास रहेको जनाएको छ।

सञ्चालकहरू बचतकर्ताको रकम फिर्ता नगरी यही फागुन १ देखि सम्पर्कविहीन भएका थिए। फरार सञ्चालकविरुद्ध सहकारीका एक सय २१ जना बचतकर्ताले फागुन २८ मा जिल्ला प्रहरी कार्यालयमा लिखित उजुरी थिए। सोही आधारमा उनीहरूलाई पक्राउ गरिएको कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दीपक पोखरेलले जानकारी दिए। 

मुख्य कार्यालय विराटनगर रहेको सहकारीको झापाको दमक, उदयपुरको गाईघाट र सिराहाको गोलबजारमा गरी तीनवटा सेवा केन्द्रमा गरी २१ हजार सात सय १३ सदस्यमध्ये विराटनगरमा मात्र चार हजार रहेका छन्।

सहकारीले सबै सेवा केन्द्रमा गरी करिब रू एक अर्ब ५० करोड रकम बचतकर्तालाई फिर्ता गर्नुपर्ने प्रहरीको अनुमान छ।

संस्थाका अध्यक्ष केदारनाथ शर्मासहित पाँचजना नै फरार रहेकाले खोजी जारी रहेको प्रहरीले जनाएको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानमा सञ्चालकहरूले योजनाबद्ध तरिकाले ठूलो रकम हिनामिना गरी सहकारीका सदस्य एवं बचतकर्ताहरूलाई ठगी गरेको देखिन आएको छ।

२०५२ मा सहकारी विभागमा दर्ता रहेको सो सहकारीको कार्य क्षेत्र नेपालभर छ। प्रहरीले उक्त संस्थामा बचत गर्ने बचतकर्ता एवं पीडितहरूलाई पाँच दिनभित्र कार्यालयमा जाहेरी दरखास्त दिन आग्रह गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङमा पीडित बचतकर्ताहरूको जाहेरी दरखास्त दिनेहरूको संख्या बढेको छ। रासस