Skip This
शीतलनिवास : स्वागत र बिदाइका रोचक दृश्य
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
Invalid date format १५:५१:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

शीतलनिवास : स्वागत र बिदाइका रोचक दृश्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १५:५१:oo

निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी शीतलनिवासबाट बिदा भएकी छिन्। 

लगातार दुई कार्यकाल पूरा गरी बिदा भएकी  निवर्तमान राष्ट्रपति भण्डारीलाई नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले उनको गाडीसम्मै पुगेर बिदाइ गरे। 

आज नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ लिएका छन्। कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा रहेका हरिकृष्ण कार्कीले राष्ट्रपति पौडेललाई शपथग्रहण गराए। 

लामो राजनीतिक उतारचढावपछि मुलुकको सर्वोच्च पदमा पुगेका रामचन्द्र निकै उत्साहित देखिन्थे भने दुई कार्यकाल पूरा गरी बिदाइ भएकी भण्डारी हतार मोडमा देखिन्थिन्। 

सात वर्ष राष्ट्राध्यक्षको जिम्मेवारी निर्वाह गरेर आज बिदा हुन लागेकी भण्डारीले सरकारी सुविधा नलिने घोषणा गरेकी छिन्। अब उनी सक्रिय राजनीतिमा फर्किने वा पार्टीमा कुन खालकाे भूमिकामा रहने? याे भविष्यले नै बताउला। अहिले भने नवनिर्वाचित राष्ट्रपतिकाे स्वागत र निवर्तमान राषट्रप्रमुखकाे बिदाइकाे केही राचक दृश्य हेराैँ :