Skip This
कुलमानको आग्रह- दोहोरो फाइदा हुने विद्युतीय सवारीसाधन प्रयोग गरौँ 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण २९ सोमबार
  • Tuesday, 13 May, 2025
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२o७९ फाल्गुण २९ सोमबार १४:४९:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

कुलमानको आग्रह- दोहोरो फाइदा हुने विद्युतीय सवारीसाधन प्रयोग गरौँ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ फाल्गुण २९ सोमबार १४:४९:oo

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध–निर्देशक कुलमान घिसिङले विद्युतीय सवारीसाधन प्रयोग गर्न सबैलाई आह्वान गरेका छन्। 

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रबन्ध–निर्देशक घिसिङले विद्युतीय सवारीसाधन प्रयोग गर्न सबैलाई आह्वान गरेका हुन्। 

उनले विद्युतमा गरिएको लगानी सँगसँगै विद्युत् खपत पनि बढाउने कार्ययोजना रहेकाले सोहीअनुरूप विद्युतीय सवारीसाधन आइरहेका बताए। 

उनले पेट्रोल तथा डिजेलबाट चल्ने सवारीसाधनहरूभन्दा विद्युतबाट चल्ने सवारीसाधन कैयौँ गुणा सस्तो पर्ने र प्रदूषण पनि घट्ने भन्दै उनले विद्युतीय सवारीसाधन प्रयोग गर्नुको फाइदा मात्रै भएको बताए। वातावरणीय र स्वास्थ्य सुरक्षाको दृष्टिले विद्युतीय सवारीसाधन नै उपयुक्त भएको उनले बताए।

उनले भने, ‘सबैले विद्युतीय सवारीसाधन प्रयोग गरौँ । त्यसले दुईवटा काम गर्छ । एउटा, तपाईं आफ्नै जसले प्रयोग गर्नुहुन्छ, त्यो उपभोक्ताले पनि एकदमै थोरै अप्रेसन कस्टमा, विद्युतीय स्कुटरमा २५ पैसादेखि ३० पैसामा प्रतिकिलोमिटर कस्ट लाग्छ । जब कि पेट्रोल, डिजेलमा प्रतिकिलो मिटर १०–१२ रुपैयाँ पर्छ । र, गाडीहरूमा प्रतिकिलोमिटर कस्टचाहिँ एक रुपैयाँभन्दा कम छ विद्युतीय सवारीमा । ६० पैसादेखि ९० पैसाको हाराहारीमा । जब कि पेट्रोल, डिजेलको १५-२० रुपैयाँ पर्छ । मेन्टेनेन्स कस्ट पनि एकदमै कम छ, किनभने इन्जिन हुँदैन । रनिङ कस्ट नि कम छ, उपभोक्तालाई फाइदा छ। आगामी दिनमा सबैले विद्युतीय सवारीसाधन प्रयोग गरौँ।’

उनले नेपालमा बर्खायाममा पर्याप्त विद्युत् रहेको भन्दै आगामी दुई वर्षभित्रमा हिउँदे याममा पनि विद्युत् पुग्ने स्थिति हुने बताए।