Skip This
‘थाई फाइटर’लाई जित्ने पहिलो नेपाली खेलाडीलाई गृहजिल्लामा सम्मान
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
Invalid date format ११:४१:oo
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

‘थाई फाइटर’लाई जित्ने पहिलो नेपाली खेलाडीलाई गृहजिल्लामा सम्मान

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format ११:४१:oo

मुआथाईमा विश्वसामु नेपाली खेलाडीको इतिहास बनाएका खोटाङको केपिलासगढी गाउँपालिका– ४ बाक्सिलाका खेलाडी बरुण घले गुरुङलाई नेर्पा स्पोर्टस् क्लब नेर्पाले सम्मान गरेको छ।

मुआथाईमा चर्चा कमाएका गुरुङलाई गाउँ आएको अवसरमा नेर्पा स्पोर्टस् क्लबले आइतबार दिक्तेलमा निमन्त्रणा गरेर कदरपत्रसहित सम्मान गरेको हो। गुरुङलाई नेर्पा स्पोर्टस् क्लबका उपाध्यक्ष विशाल राई, सचिव वीरेन गुरुङ र सदस्य दिगेन्द्र गुरुङले खादा ओढाएर सम्मान गरेका छन्। 

नेपाललाई संसारमाझ चिनाउने गरी थाइल्यान्डका खेलाडीलाई लगातार तीनपटक स्ट्रेट डिफिट (सीधा हार) गरेकामा बरुणलाई हौसला र सम्मानस्वरूप सम्मान गरिएको क्लबका सचिव गुरुङले बताए। 

मुआथाईमार्फत देशको नाम फैलाएको भन्दै गुरुङलाई फागुन २७ गते केपिलासगढी गाउँपालिका र फागुन २६ गते वडा कार्यालय बाक्सिलाले सम्मान गरेको थियो। गुरुङलाई गाउँपालिकाका उपप्रमुख गुरुराज राईले कार्यालयमा सम्मान गरेका हुन्।  

नेपालबाट थाइल्यान्ड पुगेर व्यावसायिक रूपमा मुआथाई खेल्न सुरु गरेका गुरुङ गत फागुन दोस्राे हप्ता बैंककमा आयोजित केएटी रोड साे इपिसाेडमा किकबक्सिङ रुल्समा थाई फाइटरमाथि टेक्निकल नकआउट (टिकेओ)मार्फत लगातार तेस्राे जित निकाल्न सफल बनेका थिए। 

गत माघ ६ गते थाइल्यान्डको राजादम्नर्न स्टेडियममा भएको प्रतियोगितामा थाई फाइटरलाई जित्ने पहिलो नेपाली फाइटरको इतिहास रचेका गुरुङले त्यसलगत्तै माघ २९ गते थाइल्यान्डको पटायाको म्याक्स मुआथाई रंगशालामा भएको म्याक्स मुआथाई फाइटमा राउन्ड वानको पहिलो ४० सेकेन्डमा थाई फाइटरलाई हराउँदै टिकेओमार्फत दोस्राे जित हासिल गरेका थिए। 

नेपालको इरावान मुआथाई फाइट जिममा तालिम र कोचिङ गर्दै आएका गुरुङले हाल थाइल्यान्डको बैंककस्थित मेड मुआथाई जिममा तालिम लिइरहेका छन्। गुरुङले मुआथाईका विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएर उपाधिहरू हात पारिसकेका छन्। 

प्रतियोगितामा हातखुट्टा भाँचिने र अनुहार बिग्रिने भएकाले यस खेललाई जोखिमपूर्ण मानिन्छ। थाइल्यान्डको युद्धमा थाई आर्मीबाट सुरु भएको र प्रयोग गरिएको मुआथाई थाइल्यान्डको राष्ट्रिय खेल हो।