मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ फाल्गुण २९ सोमबार ०७:००:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गुल्मीको इस्मामा अनौठो बच्चा जन्मियो : आर्थिक अवस्था नभएपछि अस्पताल लैजान सकस

Read Time : < 1 मिनेट
२०७९ फाल्गुण २९ सोमबार ०७:००:००

गुल्मीको इस्मा गाउँपालिका– ३ दर्लामचौरको तोरीपाटामा अनौठो बालिका जन्मिएपछि परिवार समस्यामा परेको छ ।आइतबार बिहान ५ बजे राजकुमार नेपालीकी श्रीमती २७ वर्षीया गोमा नेपालीले अनौठो बच्चा जन्माएकी हुन् । 

आँखा नभएको, ठूलो अस्वाभाविक मुख, साना कान र शरीरभर छाला खोल्सिएको अवस्थामा बालिका जन्मिएको छिमेकी गीता नेपालीले जानकारी दिइन् । हात–खुट्टा पनि सग्ला छैनन् । बालिका रोए पनि दूध खाने अवस्था नभएकाले परिवार समस्यामा परेको छ ।

 गोमाले चौथो सन्तानको रूपमा घरमै बालिका जन्माएकी हुन् । अरू सन्तान सामान्य अवस्थाकै जन्मिए पनि अहिले अनौठो बच्चा जन्मिएपछि स्थानीयसमेत अचम्म परिरहेको नेपालीले बताइन् । बच्चाको उपचार गर्न परिवारले अस्पताल लैजाने उपाय छैन । गाउँका स्वास्थ्यकर्मीहरूले बाहिर अस्पतालमा लैजान अनुरोध गरे पनि आर्थिक अवस्थाको कारण परिवारले बालिकालाई घरमै राखेका छन् ।

बालिकाको अवस्थापछि घरमै पुगेका जिटिभी नेपालका अध्यक्ष दीपक नेपालीले परिवारलाई दश हजार सहयोग गरेका छन् । उनले आमाको अवस्था सामान्य भए पनि बच्चा निकै डरलाग्दो रहेको र छिटो अस्पताल पुर्‍याउनुपर्ने अवस्था रहेको बताए ।