Skip This
निर्माण व्यवसायीलाई प्रधानमन्त्रीको निर्देशन- ताेकिएकाे समयमै गुणस्तरीय काम हुनुपर्छ 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:४७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

निर्माण व्यवसायीलाई प्रधानमन्त्रीको निर्देशन- ताेकिएकाे समयमै गुणस्तरीय काम हुनुपर्छ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:४७:oo

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ठेक्का सम्झौताअनुसार तोकिएकै समयमा, तोकिएको मापदण्ड र गुणस्तरमा काम गर्न निर्देशन दिएका छन्।  

आइतबार दिउँसो काठमाडौंको प्रज्ञा भवनमा आयोजित नेपाल निर्माण व्यवसायी महासंघको २४औँ साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले निर्माण कार्यको ठेक्का लिने, तर काम समयमै सम्पन्न नगर्ने, ठेक्का सम्झौताअनुसारको गुणस्तरीय काम नगर्ने, विभिन्न बहानामा ठेक्काको समयसीमा लम्ब्याउने र लागत बढाउनेजस्ता समस्या समाधानका लागि सबै जिम्मेवार बन्न निर्देशन दिएका हुन्। 

कार्यक्रममा प्रधानमन्त्रीले भने,  ‘देशको समृद्धि र विकाससम्बन्धी निर्माण कार्यको प्रत्यक्ष नेतृत्व गर्ने निर्माण व्यवसायीहरूबारे आमजनताका गुनासोहरूप्रति हाम्रो ध्यान गएको छ। निर्माण कार्यको ठेक्का लिने, तर काम समयमै सम्पन्न नगर्ने, ठेक्का सम्झौताअनुसारको गुणस्तरीय काम नगर्ने, विभिन्न बहानामा ठेक्काको समयसीमा लम्ब्याउने र लागत बढाउनेजस्ता समस्या यस क्षेत्रमा देखिएका छन्। तसर्थ, यस्ता विषयमा निर्माण व्यवसायी अत्यन्त जिम्मेवार भएर काम गर्न जरुरी छ।’

साधारणसभामा प्रधानमन्त्रीले ठेक्का लिनुपूर्व व्यवसायको सामर्थ्य, मानव संसाधनको स्थिति र समयमै काम गर्न सकिन्छ वा सकिँदैन भन्ने विषयको समेत अध्ययन आवश्यक भएको औँल्याए।