
आगामी चार वर्षका लागि एकदिवसीय मान्यता कायम राख्न जित्नैपर्ने दबाबमा रहेको युएईको ब्याटिङ धराशायी भएको छ ।
नेपालले दिएको दुई सय ४९ रनको लक्ष्य पछ्याएको युएईले ३४ रनको अवस्थामा पाँचौँ विकेट गुमाएको छ । १४औँ ओभरको चौथो बलमा सन्दीप लामिछानेले नेपाललाई पाँचौँ सफलता दिलाए ।
आफ्नो दोस्रो ओभर बलिङ गरेका सन्दीपले रोहन मुस्तफालाई एलबिडब्लू धरापमा पारे ।