Skip This
आधिकारिक उम्मेदवार टुंग्याउन सत्तागठबन्धनको बैठक बस्दै 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १२:४५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

आधिकारिक उम्मेदवार टुंग्याउन सत्तागठबन्धनको बैठक बस्दै 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १२:४५:oo

सत्तागठबन्धनको बैठक दिउँसाे १ बजे सिंहदरबारमा बस्ने बस्ने भएको छ। बैठकले उपराष्ट्रपतिको आधिकारिक उम्मेदवार तय गर्ने जनाइएको छ। 

जनता समाजवादी पार्टी (जसपा) बाट उपराष्ट्रपतिका उम्मेदवार रामसहाय यादवको उम्मेदवारी कायम भएपछि मनोनयन दर्ता गराएकी प्रमिला कुमारीले उम्मेदवारी फिर्ता लिने भएकी छिन्। 

यादवको उम्मेदवारीविरुद्ध उजुरी परेपछि जसपाले प्रमिला कुमारीको समेत मनोनयन दर्ता गराएको थियो। निर्वाचन अधिकृतको कार्यालयले उक्त उजुरीउपर निर्णय गर्दै यादवको उम्मेदवारी कानुननविपरीत नभएको जनाएसँगै उनले उम्मेदवारी फिर्ता लिने निर्णय गरकी हुन्। 

यस्तै, जनमत पार्टीबाट उम्मेदवारी दिएकी ममता झाको विषयमा के गर्ने भन्नेबारे बैठकमा छलफल हुने जसपा नेता प्रदीप यादवले बताए। निर्वाचन आयोगले आज ४ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय निर्धारण गरेको छ।