मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण २७ शनिबार
  • Tuesday, 14 January, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ फाल्गुण २७ शनिबार २१:१२:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

नेपाल पुलिस क्लबको तेस्रो हार, लिगमा अझै अंकविहीन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ फाल्गुण २७ शनिबार २१:१२:oo

नेपाल पुलिस क्लब सहिद स्मारक ए डिभिजन लिगको तेस्रो चरणसम्ममा पनि अंकविहीन भएको छ। लगातार तेस्रो हार व्यहोरेपछि विभागीय टिम नेपाल पुलिस अंकविहीन भएको हो।

ललितपुरस्थित च्यासल मैदानमा आज भएको खेलमा पुलिस संकटा क्लबसँग ३–० गोलले पराजित भयो। संकटाका लागि गणेश हमाल, रोशन पहारी र सुरजज्यू ठकुरीले गोल गरे। 

यस जितसँगै संकटाले तीन खेलमा चार अंक जोडेको छ। संकटाले यसअघि अर्को विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबसँग गोलरहित बराबरी खेलेको थियो भने मनाङ मर्स्याङ्दी क्लबसँग पराजय व्यहोरेका थियो। 

नेपाल पुलिस क्लब भने चर्च ब्वाइज युनाइटेड र हिमालयन शेर्पासँग पराजित भएको थियो।