१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ २ बुधबार १८:१९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

उपराष्ट्रपति पुन र मन्त्री मोदीबीच भेटवार्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १८:१९:oo

उपराष्ट्रपति नन्दकिशोर पुन र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीबीच भेटवार्ता भएको छ।

उपराष्ट्रपतिनिवास हरितगृहमा शनिबार उपराष्ट्रपति पुन र मन्त्री मोदीबीच भेटवार्ता भएको हो। भेटवार्ताका क्रममा उपराष्ट्रपति पुन र मन्त्री मोदीबीच समसामयिक विषयमा छलफल भएको बताइएको छ।

विवादरहित ढंगबाट कार्यकाल सम्पन्न गरेकोमा उपराष्ट्रपति पुनलाई मन्त्री मोदीले बधाई व्यक्त गरे। उपराष्ट्रपति पुनले देश र जनताको हितलाई सर्वोपरि ठानेर काम गर्न मन्त्री मोदीलाई सुझाव दिए। 

‘देश र जनताका हितलाई सर्वोपरि ठानेर, उनीहरूको समस्यालाई समाधान गर्नतिर तपाईंहरूको ध्यान केन्द्रित होस् भन्ने मेरो चाहना छ,’ मन्त्री मोदीलाई उपराष्ट्रपति पुनले भने।

ad
ad