Skip This
वडाध्यक्षद्वारा तलब-सुविधाको सम्पूर्ण रकम दीर्घरोगी र विपन्नलाई हतान्तरण
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण २६ शुक्रबार
  • Tuesday, 13 May, 2025
२o७९ फाल्गुण २६ शुक्रबार १४:२२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

वडाध्यक्षद्वारा तलब-सुविधाको सम्पूर्ण रकम दीर्घरोगी र विपन्नलाई हतान्तरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ फाल्गुण २६ शुक्रबार १४:२२:oo

पर्वतको फलेबास नगरपालिका- ९ का वडाध्यक्ष हितमान गुरुङले आफूले पाउने तलब सुविधाको सम्पूर्ण रकम  वितरण गरेका छन्। 

गत स्थानीय चुनावमा वडाध्यक्ष जितेपछि राज्यबाट पाउने सेवा सुविधा गरिब, असहाय, अशक्त र निम्न वर्गलाई उपलब्ध गराउने प्रतिबद्धता गरेअनुसार बिहीबार  वडाध्यक्ष गुरुङले रकम हस्तान्तरण गरेका हुन्। 

उनले तलबबापतको  एक लाख २४ हजार दीर्घरोगी र निम्न वर्गका २२ जनालाई न्यूनतम रु. तीन हजारदेखि १० हजारसम्म वितरण गरेका हुन्। 

‘मैले यसअघि गरेको प्रतिबद्धताअनुसार  मेरो सबै तलब वडावासीमा खर्च गर्नेछु,’ उनले भने, ‘अबका दिनमा पनि राज्यबाट पाउने सबै खाले सुविधा वडाकै हितमा खर्च गर्नेछु।’