Skip This
विद्युत् चुहावट नियन्त्रण गर्न ‘सर्च अप्रेसन’
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण २६ शुक्रबार
  • Tuesday, 13 May, 2025
२o७९ फाल्गुण २६ शुक्रबार १३:१३:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

विद्युत् चुहावट नियन्त्रण गर्न ‘सर्च अप्रेसन’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ फाल्गुण २६ शुक्रबार १३:१३:oo

नेपाल विद्युत् प्राधिकरण राजविराज शाखाले गैरकानुनी ढंगबाट विद्युत् चोरी गर्नेमाथि निगरानी बढाएको छ। 

विद्युत् चोरीका घटनामा वृद्धि भएको गुनासो आउन थालेपछि शाखाले प्रहरीको सहयोग लिएर अहिले विद्युत् चुहावट नियन्त्रणको काम सुरु गरेको हो। 

नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा विद्युत् प्राधिकरणको संयुक्त टोलीले आज सप्तरीको विभिन्न स्थानबाट विद्युत् चुहावट गर्ने सातजनालाई नियन्त्रणमा लिएको छ।

डाक्नेश्वरी नगरपालिका– ३ तरहीका लक्ष्मीकुमार राय, श्यामकुमार मुखिया, श्रीप्रसाद साह, सन्तोषकुमार मुखिया, विष्णुपुर गाउँपालिका– १ खुरुहुरियाका गणेशकुमार यादव, विष्णु शर्मा र शम्भुनाथ नगरपालिका– १२ सोनमाका यदुनन्द यादवलाई नियन्त्रणमा लिएको सप्तरी प्रहरीले जनाएको छ। 

यसअघि यही फागुन १९ गते अनधिकृत रूपमा विद्युत् उपभोग गरिरहेका विष्णुपुर गाउँपालिका– २ सिम्राहाका सातजनालाई नियन्त्रणमा लिएर आवश्यक कारबाही गरिएको थियो। 

शाखाले गरेको सर्च अप्रेसनमा कतिपयले घरमा मिटर राखे पनि बिजुलीको पोलमा हुकिङ गरी विद्युत् चोरी गरेको पाइएको छ। विद्युत् चोरीका घटनामा वृद्धि भएपछि विद्युत् चुहावट नियन्त्रण गर्न घरमा छापा मार्न थालिएको हो। चेकजाँचका क्रममा विद्युत् चोरी गरी सञ्चालनमा ल्याइएका विद्युत् उपकरण र घरधनीलाई नियन्त्रणमा लिने गरिएको छ।

विभिन्न स्थानमा विद्युत् चोरी हुने गरेकाले ट्रान्सफर्मर जल्ने र विद्युतीय दुर्घटना हुने गरेको विद्युत् प्राधिकरणले जनाएको छ।शाखाले गरेको सर्च अप्रेसन र कारबाहीले विद्युतीय दुर्घटनाको जोखिममा रहेका र लोडसेडिङको समस्या भोग्नुपरेका स्थानीयवासी भने खुसी भएका छन्।