मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ फाल्गुण २५ बिहीबार १५:०२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मतगणनाबारे यी हुन् आयोगका सात निर्णय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ फाल्गुण २५ बिहीबार १५:०२:००

राष्ट्रपति निर्वाचनको मतगणनाका विषयमा निर्वाचन अधिकृतको कार्यालयले सात निर्णय गरेको छ। 

मतगणनाका विषयमा राष्ट्रपति पदका उम्मेदवारका प्रतिनिधिहरूसँग १ बजे छलफल गरेको आयोगले सात निर्णय सार्वजनिक गरेको हो। 

राष्ट्रपति निर्वाचनमा एमालेबाट सुवासचन्द्र नेम्वाङ र आठदलीय गठबन्धनबाट रामचन्द्र पौडेल उम्मेदवार छन्। 

मतदान सकिएलगत्तै आवश्यक प्रक्रिया पूरा गरेर आजै मतगणना सुरु गरिनेछ। अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको अन्नपूर्ण स्काई लाइट हलमा थालिने मतगणनाको परिणाम ढिलोमा आजै साँझ ७ बजेभित्र घोषणा गर्ने तयारी छ।

  • दिउँसो ४ बजेदेखि मतगणना सुरु हुने
  • स्वस्तिक छाप नभएको मत बदर हुने
  • सम्बन्धित उम्मेदवारको नाम लेखिएको कोठामा मत संकेत प्रयोग गर्नुपर्ने, अन्यथा बदर
  • संघीय संसद् र प्रदेश सभाको अलगअलग मतगणना हुने
  • मतगणनामा राष्ट्रपति उम्मेदवारका निर्वाचन प्रतिनिधि र एक-एकजना गणना प्रतिनिधि रहने
  • मतपेटिका खोल्दा पत्रकारको उपस्थिति खुला गर्ने
  • मतगणनापश्चात् विजयी उम्मेदवारलाई आजै प्रमाणपत्र वितरण गरिने

राष्ट्रपति उम्मेदवार प्रतिनिधिहरू: 

१. रमेश लेखक, रामचन्द्र पौडेलको तर्फबाट 
२. महेश बर्तौला, सुवासचन्द्र नेम्वाङको तर्फबाट