मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ फाल्गुण २५ बिहीबार ११:४३:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

एससिटी र हिमालयन बैंकबीच स्मार्ट क्युआर भुक्तानी सम्झौता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ फाल्गुण २५ बिहीबार ११:४३:००

नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमति प्राप्त स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससिटी) र हिमालयन बैंकबीच स्मार्ट क्युआरमार्फत भुक्तानी सेवा सञ्चालनसम्बन्धी सम्झौता भएको छ ।

हिमालयन बैंकको बैंकिङ एप एचआइएमबी प्रयोगकर्ताले स्मार्ट क्युआरमा आबद्ध भएका मर्चेन्टमार्फत वस्तु वा सेवाको भुक्तानी सहजै गर्न मिल्ने व्यवस्थासम्बन्धी सम्झौता भएको हो । 

भाटभटेनी सुपरमार्केट, बिग मार्ट, एक्सप्रेस मार्ट, किराना, बिग डिजिटललगायतका स्मार्ट क्युआरमा आबद्ध भएका मर्चेन्टमार्फत सजिलै भुक्तानी गर्न सकिने एससिटीले जनाएको छ । त्यस्तै, हिमालयन बैंकका मर्चेन्टले पनि स्मार्ट क्युआरमा आबद्ध भएका बैंक तथा वित्तीय संस्थाका ग्राहकमार्फत भुक्तानी प्राप्त गर्न सक्ने जनाइएको छ ।

इएमभी स्ट्यान्डर्डमा जारी गरी फाइनान्सियल स्विचमार्फत कारोबारको भुक्तानी तथा फस्र्योट गर्ने भएकाले स्मार्ट क्युआरमार्फत भुक्तानी लिन तथा दिन सहज, सुरक्षित र भरपर्दो रहेको एससिटीले दाबी गरेको छ । 

सम्झौताअनुसार हिमालयन बैंकका ग्राहकले एससिटी युपिआई डेबिट कार्डको आधुनिक, सुरक्षित, गुणस्तरीय तथा भरपर्दो सेवा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।