Skip This
प्रविधिमा महिलाको पहुँच अपेक्षाअनुसार विस्तार भएन : मन्त्री शर्मा
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण २४ बुधबार
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ फाल्गुण २४ बुधबार १७:१७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रविधिमा महिलाको पहुँच अपेक्षाअनुसार विस्तार भएन : मन्त्री शर्मा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ फाल्गुण २४ बुधबार १७:१७:oo

सञ्चर तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रविधिमा महिलाको पहुँच अपेक्षाअनुसार विस्तार हुन नसकेको बताएकी छिन्। बुधबार ११३औँ अन्तर्राष्ट्रिय महिला दिवस मूल समारोह समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्।

वर्तमान समयको अनिवार्य आवश्यकताको रूपमा विकास भएको प्रविधिमा महिलाको पहुँच वृद्धि गरी सुरक्षा सम्मान र रोजगारीको विशेष व्यवस्था गर्न जरुरी रहेको उनको धारणा छ। 

सूचना तथा प्रविधिको विकासबाट प्राप्त अवसरहरूमा महिलाको सहभागिता अभिवृद्धि हुँदै गए पनि प्रविधिको दुरुपयोगलाई रोकी साइबर सुरक्षामा ध्यान केन्द्रित गर्नुपर्नेमा मन्त्री शर्माको जोड छ।

‘डिजिटल प्रविधिको उपयोगमा महिलाको पँहुच विस्तार गरी सेवा प्रवाह उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्दै राज्यका सबै तह र क्षेत्रमा महिलाहरूको सहभागितासहित समानता कायम गरी न्याय र समानतामा आधारित समृद्ध राष्ट्र निर्माण गर्ने सबैको ध्यान पुग्न जरुरी छ। प्रविधिमा महिलाको पहुँच अपेक्षाअनुसार हुन सकेको छैन,’ उनले भनिन्।