
पाकिस्तानबाट सोमबार तीन हजार अफगान शरणार्थी अफगानिस्तान फर्किएका छन् । अफगानिस्तानको शरणार्थी तथा स्वदेश फिर्ता मामिला मन्त्रालयले मंगलबार जारी गरेको विज्ञप्तिमा सो कुराको जानकारी दिइएको छ ।
मन्त्रालयका अनुसार अफगानिस्तानमा शरणार्थी फिर्ता गर्ने प्रक्रिया जारी छ । २५ लाखभन्दा बढी दर्ता भएका अफगान शरणार्थी पाकिस्तानमा बस्दै आएका छन् । यस्तै संख्यामा इरानमा पनि रहेका छन् । विगत ६ महिनामा दुई लाख ७० हजारभन्दा बढी अफगान शरणार्थी इरानबाट फर्किएका छन् ।