Skip This
प्रचण्डसँग देशलाई सही बाटोमा हिँडाउने सामर्थ्य छैन : शंकर पोखरेल
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
Invalid date format १३:५९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रचण्डसँग देशलाई सही बाटोमा हिँडाउने सामर्थ्य छैन : शंकर पोखरेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १३:५९:oo

नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ देशको पक्षमा उभिन नसक्ने अवस्थामा पुगेको बताएका  छन्। 

२४औँ यदु स्मृति दिवसको अवसरमा आइतबार काठमाडौंमा आयोजित एकार्यक्रममा बोल्दै उनले विगतमा अवलम्बन गरेको उग्रवामपन्थी अतिवादका कारण प्रधानमन्त्री प्रचण्डसँग देशलाई सही बाटोमा हिँडाउने सामर्थ्य नै नभएको दाबी गरे। 

महासचिव पोखरेलले पाँचदलीय गठबन्धन असफल भएपछि आफूहरूले देशलाई जोगाउन प्रचण्डलाई प्रधानमन्त्री बनाउनुपरे पनि उनले त्यसलाई धान्न नसकेको बताए। 

उनले विदेशी चलखेलका कारण मुलुकमा नयाँ समीकरण बनेको दाबी गरे। मुलुकलाई सही बाटोमा अघि बढाउन देशभक्त, वाम–लोकतान्त्रिक शक्तिहरूबीच बलियो सहकार्यको आवश्यकता रहेको उनले औँल्याए।