१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
Invalid date format २o:१५:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

दूधको मूल्य नौ रुपैयाँ बढ्याे, किसानले प्रतिलिटर कति पाउँछन् ?

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २o:१५:oo

सरकारले दूधको मूल्य एकैपटक प्रतिलिटर नौ रुपैयाँले बढाएको छ। दूध व्यवसायीले प्रतिलिटर १० रुपैयाँ बढाउने गरी प्रस्ताव अघि सारेको भए पनि सरकारले ९ रुपैयाँ कायम गरेको हो। 

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले दूधको मूल्य लिटरमा ९ रुपैयाँले बढाएर ६५ रुपैयाँ प्रतिलिटर पुगेको छ। अब किसानले विक्रिगर्ने मूल्य ६५ रुपैयाँ हुने छ। यस अघि किसाने विक्रि गर्ने मूल्य ५६ रुपैयाँ रहेको थियो। 

अहिले बढेको मूल्य किसानले पाउने मूल्य भएको डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले बताए। उनले भने,‘ अहिलेको बढेको मूल्य किसान पाउने मूल्य हो, उपभोक्ताले पाउने मूल्यका विषयमा कृषि मन्त्रालय, डेरी एसोसिएसनसँग छलफलगरी निर्धारण हुने छ।’ 

हाल उपभोक्ताले ८३ रुपैयाँ प्रतिलिटरमा खरिद गर्दै आइरहेका छन्। अब भने किसानले पाउने मूल्य बढेपछि उपभोक्ताले पाउने मूल्य अझै थपहुँदा उपभोक्तालाई मार पर्ने देखिन्छ। 

किसानले पाउने मूल्य बढेपछि उपभोक्ताले पाउने मूल्यमा ठुलो वृद्धि हुने उपभोक्ता अधिकार अनुसन्धान मंचका अध्यक्ष माधव तिमल्सिनाले बताए।‘किसानले पाउने मूल्यभन्दा पनि उपभोक्तालाई राहतभन्दा आहात हुने पुगेको छ,’ उनले भने।

दाहालका अनुसार हाल दूधको माग ३५ लाख लिटर भए पनि हाल ३० लाख लिटर मात्र उत्पादन हुन सकेको छ। करिब ५ लाख लिटर दूध अपुग छ। दाहालले भने,‘ अपुग मागलाई कच्चा दूध आयात गरेर मागपूर्ति गर्नुपर्छ नभए डेरी उद्योगीहरु संकटमा पर्ने अवस्था छ।’

गत पुसमा डेरी उद्योगले आफूखुसी मूल्य बढाएका थिए। प्रतिलिटर १४ रुपैयाँ दूधको मूल्य बढाइएपछि दुग्ध विकास बोर्डको हस्तक्षेपमा लागू हुन रोकिएको थियो।

राष्ट्रिय दुग्ध विकास बोर्ड र दुग्ध व्यवसायीहरु मिलेर गत २ फागुनमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई दूधको मूल्य १० रुपैयाँले बढाउन सिफारिस गरेको थियो। 

दूधको मूल्य बढाउने पर्ने प्रस्ताव कृषि तथा पशुपन्छी विकास मन्त्रालयले केहीदिन अघि मन्त्रिपरिषद्मा पेश गरेको थियो। यसअघि तत्कालीन कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्रराय यादवको पालामा दूधको मूल्य वृद्धि गरिएको थियो।