Skip This
गठबन्धन भत्काउने धराप नथाप्न गगन थापाको चेतावनी
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २o:o८:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

गठबन्धन भत्काउने धराप नथाप्न गगन थापाको चेतावनी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २o:o८:oo

कांग्रेसका महामन्त्री गगनकुमार थापाले कसैले पनि गठबन्धन भत्काउने धराप नथाप्न चेतावनी दिएका छन्। 

शुक्रबार गठबन्धन दलहरुले राष्ट्रपति निर्वाचनको सन्दर्भमा बागमती प्रदेशका सांसदहरुलाई केन्द्रित गरेर काठमाडौंमा आयोजना गरिएको अभिमूखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले वर्तमान गठबन्धन भत्काउने धराप नथाप्न चेतावनी दिएका हुन्। 

उनले आफूहरुका बीचमा भएको सहमति पाँचै वर्ष कार्यान्वयन भएर अगाडि बढ्ने बताए। उनले राष्ट्रपतिको निर्वाचनपछि गठबन्धन भत्किने र कांग्रेसको नेतृत्वमा सरकार बन्ने भनेर भ्रम फैलाइएको भन्दै त्यस्तो भ्रममा नपर्न आग्रह गरे।

महामन्त्री थापाले आफूहरुबीचमा भएको सहमति कार्यान्वयन नभएमा दलहरु माथिको इमान्दारिता र विश्वसनीयतामा प्रश्न उठ्ने भन्दै त्यसो हुन नदिने बताए। 

महामन्त्री थापाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाइराख्नका लागि मात्रै यो गठबन्धन नबनेको स्पष्ट पारे। 

दाहाललाई नेकपा(एमाले)ले पाँचै वर्ष प्रधानमन्त्री दिएको भएपनि त्यसलाई त्यागेर नयाँ गठबन्धन बनाइएको उनेको भनाइ छ। त्यस्तै नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई पनि एमालेले राष्ट्रपतिको उम्मेदवार अथवा एमालेको अध्यक्ष नै बनाउन पनि तयार हुने स्थिति रहेको बताए। 

उनले भने, ‘प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रधानमन्त्री हुने कुरा नै महत्वको कुरा थियो र त्यो कुरा नै प्रधान कुरा थियो भने यो गठबन्धनमा आइराख्नै पर्दैनथ्यो । यो गठबन्धन बनाउनै पर्दैनथ्यो। माओवादी केन्द्रले उपराष्ट्रपति पनि पाउँथ्यो। माओवादी केन्द्रले नेकपा(एमाले)को समर्थनमा पाँचै वर्ष प्रधानमन्त्री पनि पाउँथ्यो । ल्याप्चे, तमसुक, कालो दलेर जे जे गरिदिनुपर्ने हो उठेर, बसेर सबै गरिदिन्थ्यो। सबै कुरा पाउँथ्यो । बरु प्रधानमन्त्री हुने कुरा तलमाथि भए होस्, तर जुन उद्देश्यका साथ गठबन्धन बनाइयो त्यो गठबन्धन फेरि ब्युतन्छ र फर्कन्छ भने म त्यो जोखिम उठाउन तयार छु भन्ने कुरा माओवादी केन्द्रका अध्यक्षले त्यो कुरालाई नमानेको भए, त्यो कुरा गर्न तयार नभएको भए यो बाटो अगाडी बढ्ने अवस्था बन्दैनथ्यो।’
 
त्यस्तै कार्यक्रममा बोल्दै नेकपा(माओवादी केन्द्र) बागमती प्रदेश सभा संसदीय दलका नेता समेत रहेका बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले माओवादी केन्द्रका सबै बागमती प्रदेश सभा सदस्यहरुको मत राष्ट्रपतिको उम्मेदवार रामचन्द्र पौडेललाई जाने प्रतिबद्धता व्यक्त गरे। 

उनले निर्वाचनको बेलामा अनेक खालका भ्रमहरु छरिनेभएकाले त्यसप्रति सचेत हुन सबै सांसदहरुलाई आग्रह समेत गरे।