१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण १९ शुक्रबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ फाल्गुण १९ शुक्रबार १५:o८:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

नेपाललाई पिएनजीले दियो १८० रनकाे लक्ष्य 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ फाल्गुण १९ शुक्रबार १५:o८:oo

आइसिसी विश्वकप लिग– २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा पपुवा न्युगिनी (पिएनजी)ले नेपाललाई एक सय ८० रनको लक्ष्य दिएको छ। 

दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको पिएनजीले ४९‍.२ ओभरमा सबै विकेट गुमाएर एक सय ७९ रन बनाउन सफल भयाे।  

पीएनजीका लागि ओपनर टोनी उराले सर्वाधिक ३९ रन बनाए भने हिरी हिरीले ३१ र किप्लिन डोरिगाले २६ रन जोडे। सेसे बाउ र कप्तान असाद भाला समान ११ रनमा बाहिरिए। 

पिएनजीका टोनी उरा र डोरिगाले १०.३ ओभरमा ४२ रनको साझेदारी गरेका थिए। तर सन्दीपले उनीहरुको साझेदारी तोड्दै डोरिगालाई आउट गरेर नेपाललाई पहिलो सफलता दिलाए। नेपालका दीपेन्द्रसिंह ऐरी र सोमपाल कामीले दुई–दुई विकेट लिए। 

दीपेन्द्रले १० ओभरमा १ मेडन राख्दै ३० र सोमपालले १० ओभरमा ३९ रन खर्चिए। करण केसी, कुशल मल्ल र सन्दीप लामिछानेले १–१ विकेट लिए।