
आइसिसी विश्वकप लिग– २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा पपुवा न्युगिनी (पिएनजी)ले पाँचौँ विकेट गुमाएको छ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर पहिले ब्याटिङ गरिरहेको पिएनजीले ३६ ओभरमा १२६ रन बनाउँदै पाँचौँ विकेट गुमाएको हो।
नेपालका दीपेन्द्रसिंह ऐरीले पिएनजीका गैडी टोकाको विकेट लिएका हुन्। ताजा अवस्थामा पिएनजीले ३७ ओभर खेल्दै पाँच विकेटको क्षतिमा एक सय २६ रन बनाएको छ।