१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
Invalid date format २१:३१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

निकुञ्ज र स्थानीय तहबीच समन्वय आवश्यक : मुख्यमन्त्री जम्कट्टेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २१:३१:oo

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राष्ट्रिय निकुञ्ज र सर्वसाधारणको बीचमा राम्रो सम्बन्ध हुन नसक्नु दुःखद भएको बताएका छन्।

बिहीबार हेटौँडामा भएको एक कार्यक्रममा बोल्दै मुख्यमन्त्री जम्कट्टेलले निकुञ्ज र स्थानीय तहले मिलेर काम गर्नुपर्ने बताए। जिल्ला समन्वय समिति मकवानपुरको समन्वयमा डिभिजन वन कार्यालय मकवानपुर र राप्तीले आयोजना गरेको कार्यक्रममा सहभागी भएका मुख्यमन्त्रीले यस्तो बताएका हुन्।

‘जनप्रतिनिधिको अनुरोधलाई निकुञ्जका कर्मचारीले अटेर गर्ने गरेको गुनासो आएको छ। स्थानीय तहसँग समन्वयमा काम गर्नुपर्नेमा अटेर गर्नु राम्रो होइन।’ मुख्यन्त्री जम्कट्टेलले भने, ‘स्थानीय तहसँग समन्वय गरी काम गर्नुपर्छ।’

उनले वनमा मानिसको प्रवेश, वन फँडानी, आहाराको खोजीलगायतका कारणले वन्यजन्तु  गाउँवस्तीमा छिर्ने गरेको उल्लेख गर्दै वनजंगलमा हुने मानिसको अनावश्यक हस्तक्षेप रोक्नुपर्ने बताए। गर्मी मौसम बढेसँगै डँडेलोको समस्या हुने भन्दै उनले यसका लागि जनचेतना आवश्यक रहेकोमा जोड दिए।

‘वन्यजन्तुले बाँच्नको निम्ति संघर्ष गर्ने क्रममा मानिससँग द्वन्द्व भएको पाइएको छ। विना कारण जनावरले मान्छे मारिहाल्दैन। जनावरलाई पनि सहज जीवनयापनको वातावरण बनाइदिनुपर्छ। त्यो मानिसले नै गर्न सक्छ,’ मुख्यमन्त्री जम्कट्टेलले भने। 

कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुर प्रमुख ललितबहादुर घलान, प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामी छिन्तु, मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेलगायतले वन्यजन्तुको संरक्षण गर्दै मानवीय क्षति रोक्नेतर्फ सबैले पहल गर्नुपर्ने धारणा राखेका थिए।