Skip This
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट रात्रिकालीन उडान सुरु
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
Invalid date format २o:३७:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट रात्रिकालीन उडान सुरु

सौर्य एयरलाइन्सले गर्यो पहिलो उडान 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २o:३७:oo

सञ्चालनमा आएको ६०औँ दिनमा पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट रात्रिकालीन उडान सुरु भएको छ।

१७ पुसदेखि सञ्चालनमा आएको विमानस्थलमा ११ फागुनदेखि इन्स्टुमेन्ट फ्लाइट रुल्स (आइएफआर) लागु भएसगै अन्तर्राष्ट्रिय उडान र रात्रिकालीन उडानका लागि तयार भएको थियो।

रात्रिकालीन उडानको लागि तयार भएको एक सातामा निजी वायुसेवा कम्पनी सौर्य एयरलाइन्सले बुधबार राति पहिलो रात्रिकालीन उडान भरेको हो।

चालकदलका सदस्य सहित ३७ जना यात्रु सवार सौर्यको काठमाडाैंबाट आएको सि आर जे २०० जेट इन्जिन विमानले सफलतापूर्वक विमानस्थलमा अवतरण गरेसँगै पहिलो रात्रिकालीन उडान सफल भएको हो। आइएफआर लागू भएसँगै विमानस्थल अब १८ घण्टा खुल्ला रहने भएको छ।

काठमाडाैंबाट आएको विमानले ८:३६ बजे पोखरामा अवतरण गरेकाे सो विमानले ९ः०४ बजे पुनः काठमाडौंका लागि उडान भरेको विमानस्थलका प्रमुख विक्रम गौतमले जानकारी दिए।

विमानस्थलमा अवतरण गरेको सो विमानले चालकदलसहित ५१ जना यात्रु लिएर पुनः काठमाडाैंका लागि उडान भरेको उनले जानकारी दिए। सौर्यको नियमित उडान नभएको र बुधबार प्लेन डिले भएकाले रात्रि उडान गरेको उनले जानकारी दिए। 

रात्रि उडानका लागि विमानस्थल तयार भएसँगै रात्रिकालीन उडानका लागि बुद्ध एयरले अनुमति लिई २५ फागुनदेखि उडान सुरु गर्ने तयारी गरेको छ। २५ गते काठमाडौंबाट पोखरा आएर बुद्धका ४ वटा विमानले बास बस्ने र बेलुका ८ बजेसम्म काठमाडौं-पोखरा उडान भर्ने जनाइएकाे छ। 

विमानस्थलमा रात्रिकालीन उडान सुरु भएपनि अन्तर्राष्ट्रिय उडान कहिलेबाट सुरु हुन्छ भन्ने हालसम्म टुंगाे भने छैन।

विमानस्थलमा हाल बुद्ध, यती, सौर्य, गुण, श्री एयरलाईन्सले देशका विभिन्न भागमा आन्तरिक उडान गर्दै आएका छन्।

रात्रि उडानका लागि ती कम्पनीहरूले समेत चासो दिएको गौतमले जानकारी दिए। हाल आन्तरिक उडान बिहानदेखि साँझ ५ः३० बजेसम्म मात्र हुँदै आएकोमा अब भने विमानस्थल १८ घण्टासम्म खुल्ला रहने छ।