१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १७:१६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सांसद पौडेल र मेयर साहबीच भेट, विकास निर्माणमा सहकार्यको प्रस्ताव

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १७:१६:oo

काठमाडौं क्षेत्र नं ५ का सांसद प्रदीप पौडेल र काठमाडौं महानगरका मेयर बालेन्द्र साहबीच भेटघाट भएको छ। भेटमा काठमाडौं महानगर र क्षेत्र नं ५ को विकासका लागि संघ र स्थानीय सरकारबीच समन्वय गर्ने विषयमा छलफल भएको पौडेलले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।

‘आज भएको छलफल अत्यन्तै सकारात्मक रह्यो। काठमाडौं महानगर प्रमुखले महानगर सुधारका निम्ति देखाउनुभएको तत्परता र ऊर्जाले उहाँसँग निरन्तर सहकार्य हुने विश्वास लिएको छु,’ भेटबारे पौडेलले फेसबुकमा लेखेका छन्।

भेटमा अतिक्रमित सार्वजनिक जमिन फिर्ता ल्याउन तथा टुकुचाको पानी ओभरफ्लो र ढल निकासी गर्ने, कलंकीदेखि धोबी खोलासम्म रिङ रोड विस्तारलाई तीव्रता दिन पहल गर्नेलगायतका विषयमा छलफल भएको बताइएको छ।