१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ८ मंगलबार
  • Tuesday, 21 May, 2024
रासस काठमाडौं
२o८१ जेठ ८ मंगलबार १६:५२:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

दोहोरो अंकले घट्यो नेप्से

Read Time : > 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ८ मंगलबार १६:५२:oo

धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से २६.४७ अंकले घटेर एक हजार नौ सय ६९.०२ मा सीमित भएको छ ।

ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.८१ अंकले घटेर ३७३.५६ मा पुगेको छ । कारोबार भएका १३ वटै उपसमूहको सेयर मूल्यमा गिरावट आएको छ । कुल कारोबार भएका कम्पनीमध्ये १९ कम्पनीको सेयर मूल्य बढ्दा एक सय ९४ कम्पनीको सेयर मूल्य भने घटेको छ । साथै तीनवटा कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन भएको छैन । 

विभिन्न कम्पनीका कुल ३६ लाख ५७ हजार एक सय ५४ कित्ता सेयर रु. एक अर्ब ३३ करोड ६३ लाख ३३ हजार नौ सय ६४ मूल्यमा खरिद–बिक्री भए । आजको कारोबारपछि बजार पुँजीकरण रु. २८ खर्ब ४४ अर्ब ९२ करोड ४४ लाख २६ हजार चार सय ४७ बराबर छ । 

कारोबारका आधारमा हिमालयन डिस्टिलरी शीर्ष स्थानमा छ । सो कम्पनीको रु. आठ करोड १२ लाख ८६ हजार आठ सय ५४ बराबरको सेयर कारोबार भयो । यस्तै शिवम् सिमेन्ट रु. ६ करोड तीन लाख पाँच हजार दुई सय ६३, एनआइसी एशिया बैंक रु. चार करोड ३७ लाख २९ हजार छ सय ४९, नबिल बैंक रु. तीन करोड ८५ लाख ६१ हजार चार सय ९४, नेपाल पुनर्बिमा कम्पनी रु. दुई करोड ५१ लाख ६९ हजार तीन सयबराबरको सेयर कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए । 

नेप्सेका अनुसार बुद्धभूमि नेपाल हाइड्रोपावर ४.२९, युनिक नेपाल लघुवित्त ४.०२, बोटलर्स नेपाल तराई ३.९१, लक्ष्मी उन्नति कोष ३.७८, सामलिङ पावर कम्पनीको सेयर मूल्य  ३.६४ प्रतिशतले बढेको छ । 

ग्लोबल आइएमई लघुवित्त सात, स्वाभिमान लघुवित्त ५.८०, नाडेप लघुवित्त ५.७४, सिटिजन म्युचुअल फन्ड ५.६३ र सनराइज ब्ल्युचिप फन्डको मूल्य पाँच प्रतिशतले घटेको छ ।

ad
ad