१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
कञ्चनरुप नगरपालिकाका नगरप्रमुख ललनप्रसाद गुप्ता र प्रमुख प्रशासकीय अधिकृत रेणुका साह
सौरभ यादव राजविराज
Invalid date format १५:४२:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

मेयर र प्रमुख प्रशासकीय अधिकृतमाथि अख्तियारले थाल्यो छानबिन

Read Time : > 1 मिनेट
सौरभ यादव, राजविराज
नयाँ पत्रिका
Invalid date format १५:४२:oo

सप्तरीको कञ्चनरूप नगरपालिकाका नगरप्रमुख ललनप्रसाद गुप्ता र प्रमुख प्रशासकीय अधिकृत रेणुका साहमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान थालेको छ। 

नयाँ पत्रिकामा ‘ज्यालादारीमा रहेका मामाका छोरालाई मेयरले दिए अस्पताल प्रमुखको जिम्मेवारी’ समाचार बाहिरिएपछि अख्तियारले मेयर र प्रमुख प्रशासकीय अधिकृत रेणुका साहमाथि अनुसन्धान थालेको हो।

अख्तियार इटहरीले कञ्चनरूप नगरपालिकालाई पत्र लेख्दै नगरपालिकाले कुन आधारमा डाक्टर सञ्जय गुप्तालाई प्रमुखको जिम्मेवारी दिएको भन्दै सम्बन्धित सम्पूर्ण कागजात मगाएको अख्तियारका एक कर्मचारीले जानकारी दिए।

नगरप्रमुख गुप्ताले आफ्नो मामाको छोरा डाक्टर सञ्जय गुप्तालाई प्राथमिक स्वास्थ्य केन्द्र कञ्चनपुरमा गैरकर्मचारीलाई कार्यालय प्रमुखको जिम्मेवारी तोकिएपछि थप विवाद सिर्जना भएको छ।

दैनिक ज्यालादारीमा कोभिड अस्पतालमा कार्यरत डाक्टर सञ्जयलाई नगरप्रमुख गुप्ताले ०७९ साउन १३ गतेको कार्यपालिकाको बैठकबाट ६ महिनाकोालागि करारमा म्याद थप गरेका थिए। तर, डाक्टर गुप्ता तीन महिनासम्म अस्पतालमा अनुपस्थित रहे।

प्रमुख प्रशासकीय अधिकृत साह र स्वास्थ्य शाखाका प्रमुख रामसेवक यादवले हस्ताक्षर गरेको पत्रमा अर्को व्यवस्था नहुन्जेलसम्म कार्यालय प्रमुखको पदमा रहेर कार्य गर्न जिम्मेवारी दिएको बताउँदै प्राथमिक स्वास्थ्य केन्द्रका एक कर्मचारीले बताए।

ती कर्मचारीले भने, ‘डाक्टर गुप्ता तीन महिनासम्म अस्पताल आएनन्, अहिले अचानक नियमकानुनलाई मिचेर कार्यालय प्रमुखको जिम्मेवारी दिइएको छ। ’ 

ती कर्मचारीले भने, ‘निजामती कर्मचारीबाहेकलाई कार्यालय प्रमुखको जिम्मेवारी दिन नगर कार्यपालिका र अस्पतालको व्यवस्थापन समितिले सम्पूर्ण जिम्मेवारी लिएपछि मात्रै दिन मिल्छ। तर, यहाँ त कुनै प्रक्रिया पुर्‍याइएको छैन।’ 

डाक्टर साहले प्रमुखको जिम्मेवारी पाएको पत्र थमाएपछि शुक्रबार अस्पतालमा एक कार्यक्रम गरी हाजिरी गराइएको थियो। ज्यालादारीमा रहेका मामाका छोरालाई मेयरले दिए अस्पताल प्रमुखको जिम्मेवारी भन्ने समाचार गत फागुन १३ नयाँ पत्रिकाले प्रकाशित गरेको थियो।

सेनेटरी प्याड खरिदमा पनि अनियमितता, अख्तियारले थाल्यो अनुसन्धान

कञ्चनरूप नगरपालिकाले आर्थिक वर्ष ०७८/७९ मा सेनेटरी प्याड खरिदमा अनियमितता गरेको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगरपालिकामाथि अनुसन्धान थालेको छ। सेनिटरी प्याड खरिदमा चलखेल भएको भन्दै स्थानीयले अख्तियारमा उजुरी दिएपछि अख्तियारले अनुसन्धान सुरु गरेको हो।

अख्तियार इटहरीले कञ्चनरूप नगरपालिकालाई पत्र लेख्दै प्याड खरिदसँग सम्बन्धित सम्पूर्ण कागजात मगाएको अख्तियारका एक कर्मचारीले जानकारी दिए। 

सेनेटरी प्याड खरिद गरेको बजेट विनियोजन, स्वीकृति, लागत स्टिमेट, खरिद प्रक्रिया, सम्झौता, खरिद आदेश, दाखिला रिपोर्ट, स्टकको अवस्था, सामान प्रयोग भएको भर्पाइ, बिल, भुक्तानीको विवरण एवं गोश्वारा भौचरलगायत उक्त कार्यक्रमसँग सम्बन्धित कागजातको प्रमाणित प्रतिलिपि पठाउन अख्तियारले नगरपालिकालाई लेखेको पत्रमा भनेको छ। 

१०  प्रतिशत कमिसन लिएर २२ लाख ५० हजारको सेनिटरी प्याड खरिद गरी अनियमितता गरेको तथा आर्थिक वर्षको सुरुमा खरिद गर्नुपर्ने सेनेटरी प्याड असार मसान्तमा खरिद गरेको र सामान नआउँदै भुक्तानी गरेर रकम अनियमितता गरेकोबारे अख्तियारले तत्काल राय प्रतिक्रिया पेस गर्न निर्देशन दिएको ती कर्मचारीले जानकारी दिए। 

निःशुल्क रूपमा वितरण गरिने सेनेटरी प्याडका लागि सप्तरीको कञ्चनरूप नगरपालिकाले चर्को मूल्य तिरेको पाइएको छ। 

नगरपालिकाको शिक्षा शाखाका अनुसार पालिकाले २२ लाखबराबरकोे सेनेटरी प्याड खरिदका लागि २८ वैशाखमा सूचना प्रकाशित गरेको थियो । उक्त सूचनाबमोजिम खरिद ऐनको सम्पूर्ण प्रक्रिया पुर्‍याएर पालिकाले आधुनिक सप्लायर्स राजविराजसँग सेफ्टी कम्पनीको सेनेटरी प्याड खरिद गर्ने सम्झौता गरेको थियो। 

सम्झौताबमोजिम प्रतिप्याकेट ७० रुपैयाँका दरले ३१ हजार सात सय ६ प्याकेट प्याड खरिद गरिएको शिक्षा शाखाले जनाएको छ। जब कि उक्त कम्पनीको प्याडको थोकमूल्य बजारमा प्रतिप्याकेट २१ देखि २२ रुपैयाँ पर्ने गरेको हो। 

कञ्चनरूप नगरपालिकाले २२ रुपैयाँ  पर्ने प्याडलाई ७० रुपैयाँ तिरेकोसम्बन्धी समाचार गत साउनमा नयाँ पत्रिकाले प्रकाशित गरेको थियो।