१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण १८ बिहीबार
  • Sunday, 11 May, 2025
सौरभ यादव सप्तरी
२o७९ फाल्गुण १८ बिहीबार १४:५८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दिउँसै मदिरा सेवन गरी अध्यक्षद्वारा कर्मचारीमाथि गालीगलौज, पालिकाकाे कामकाज ठप्प 

Read Time : < 1 मिनेट
सौरभ यादव, सप्तरी
नयाँ पत्रिका
२o७९ फाल्गुण १८ बिहीबार १४:५८:oo

राजविराज – सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष दिनानाथ चौधरीले दिउँसै मदिराले मातिएपछि गाउँपालिकाको सबै कामकाज ठप्प भएको छ। 

बुधबार दिउँसो मादिरा सेवन गरेर आएका अध्यक्ष चौधरीले कार्यालय प्रवेश गर्दै सबै कर्मचारीलाई गालीगलौज गरेका कारण कर्मचारीहरूले सूचना नै निकालेर विहिबार कामकाज ठप्प पारेका छन्।

अध्यक्ष चौधरीले मादक पदार्थ सेवन गरी कार्यालयमा प्रवेश गरेको र सबै कर्मचारीहरुलाई गालीगलौज, अपशब्द, थर्काउने जस्ता अनुचित कार्य गरेको सूचनामा उल्लेख छ।

‘आफूले धारण गरेका सार्वजनिक पद एवम् पर्यादा विपरितका कार्यहरु गरेकोले गाउँपालिका र माहतहतका सम्पूर्ण कार्यालयहरुबाट प्रवाह हुने आकस्मिक स्वास्थ्य सेवाबाहेकका सबै कामकाज अर्को सूचना नहुनजेलसम्मका लागि स्थगन गरिएको’, प्रमुख प्रशासकीय अधिकृत भीमप्रसाद पराजुलीले जारी गरेको सूचनामा भनिएको छ।

प्रमुख प्रशासकीय अधिकृत पराजुलीले भने विरोध स्वरुप एक दिन कामकाज नगर्ने सम्पूर्ण कर्मचारीहरुको सहमति अनुसार निर्णय भएको बताए। 

‘हिजो बेलुका साढे ४ बजेतिर म फिल्डमा थिए, सो बेला अध्यक्ष ज्यू मादक पदार्थ सेवन गरेर कार्यालय आएको र सबैलाई अपशब्द भन्नुभएको सुन्नमा आयो’ उनले भने, ‘त्यसपछि मैले एक पटक उहाँलाई फोन गर्दा पनि उठाउनुभएन, अहिले कार्यपालिका सदस्यहरुसँग छलफल गर्ने तयारी भइरहेको छ।’

उता, गाउँपालिका अध्यक्ष दिनानाथ चौधरीले कर्मचारीहरुले बहाना झिकेर बदनाम गर्न खोजेको दाबी गरे। ‘ए बाबा, म त गेटैबाट फर्केको छु। कार्यालयभित्र छिरेको पनि छैन्’ उनले भने, ‘विश्वास नलागे सीसी क्यामेरा त हेर्न पाउँनुहुन्छ नि, यो सब बहानाबाजी हो।’