१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण १८ बिहीबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७९ फाल्गुण १८ बिहीबार १o:२४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेपाली कांग्रेससहित आठदलीय गठबन्धनले सांसदहरूलाई प्रशिक्षण दिँदै 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ फाल्गुण १८ बिहीबार १o:२४:oo

नेपाली कांग्रेससहित आठदलीय गठबन्धनले आज संघीय सांसदहरूको अभिमुखीकरण कार्यक्रम गर्ने भएको छ । नेपाली कांग्रेसको संयोजन र व्यवस्थापनमा आज दिउँसो १ बजे तिनकुनेमा राष्ट्रिय सभा र प्रतिनिधिसभा सदस्यहरूलाई बोलाइएको हो ।

कार्यक्रममा आठ दलका शीर्ष नेताहरूले सम्बोधन गर्नेछन् । प्रशिक्षण कार्यक्रममा कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेपाल, नेकपा (एकीकृत समाजवादी), जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरू र सांसदहरूलाई बोलाइएको छ ।

माघ २५ गते हुने राष्ट्रपति निर्वाचनमा आठदलीय गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल उम्मेदवार छन् ।