१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १ मंगलबार o८:२५:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

वामदेव गौतमलाई एमालेमा फर्किन ओलीको प्रस्ताव 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार o८:२५:oo

राष्ट्रपति निर्वाचनमा नेम्वाङलाई मतदान गर्न आग्रह

एमाले अध्यक्ष केपी ओलीले नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमलाई एमालेमै फर्किन प्रस्ताव गरेका छन् । बुधबार गौतमको भैँसेपाटीस्थित निवासमै पुगेर ओलीले एमालेमै फर्किन प्रस्ताव गरेपछि उनले भने ७० वर्षे उमेरहद हटाउन आग्रह गरेका छन् । 

‘तपाईंजत्तिको पार्टीमा योगदान गरेको व्यक्ति अब बाहिर बस्नुहुँदैन, आफ्नै घर एमालेमा फर्किनुस् भनेर आग्रह गर्नुभयो,’ भेटपछि गौतमले सञ्चारकर्मीसँग भने, ‘मैले पनि एमालेमा रहेको ७० वर्षे उमेरहद हटाउन आग्रह गरेँ । अध्यक्ष र महासचिवमा हटाउन नसके पनि अरू पदमा भए पनि उमेरहद हटाउनुस् भनेको छु । उहाँ सकारात्मक नै हुनुहुन्छ ।’  गौतम ७० वर्ष नाघिसकेका छन् । एमालेमा ७० वर्ष कटेपछि सक्रिय राजनीतिबाट अवकाश लिनुपर्ने व्यवस्था उमेरहदको नियमले कायम गरेको छ । 

एमाले र माओवादीलाई पूर्ववत् अवस्थामै फर्किन सर्वोच्चले आदेश दिएपछि पार्टीमा निष्क्रिय रहेका गौतमले एमाले विभाजनपछि आफ्नै संयोजकत्वमा ‘नेकपा राष्ट्रिय एकता अभियान’ गठन गरेका छन् । 

भेटमा ओलीले २५ फागुनमा हुने राष्ट्रपति निर्वाचनमा एमाले उम्मेदवार सुवास नेम्वाङलाई मतदान गरी सहयोग गर्न आग्रह पनि गरेका थिए । गौतमले आफू सकारात्मक रहेको जवाफ दिएका छन् । तत्कालीन नेकपा सरकारका प्रधानमन्त्री ओलीकै मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनीत गरेकी थिइन् । 

ad
ad